
कपिलवस्तु –
सगरमाथा सामुदायिक सिकाइ केन्द्र, शिवराज ५ चन्द्रौटा, कपिलवस्तुको आयोजनामा लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। शिवराज नगरपालिका वडा नं ५ को आर्थिक सहयोगमा संचालित १ दिने सचेतनामूलक कार्यक्रममा विद्यार्थीहरू, अभिभावक र शिक्षकहरू र अन्य सरोकारवालाहरूको सहभागिता थियो। प्रशिक्षक निशा गहतराज र वडा प्रहरी कार्यालयका प्रतिनिधिहरूले लागुऔषध दुव्र्यसनको बारेमा प्रशिक्षण दिएका थिए ।
लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री अर्जुनकुमार केसीले यस प्रकारका जनचेतना कार्यक्रमहरू समुदायमा लागुऔषध दुव्र्यसनको असर र यसको रोकथामका उपायहरूको बारेमा जनजागृति फैलाउन अत्यन्त प्रभावकारी रहेको बताउनुभयो । उहाँले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूको आयोजना गर्न पहल गर्ने बताउनुभयो ।
शिवराज नगरपालिका प्रमुख अजय थापाले अभिभावकलाई आफ्ना बालबालिका के गर्दैछन् र कस्तो संगत गरिरहेका छन् भन्ने विषयमा बढी ध्यान दिनुपर्ने बताउनुभयो। यसले बच्चाहरूको भविष्यमाथि सकारात्मक प्रभाव पार्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रममा नगर उपप्रमुख शिवकुमारी चौधरी, वडा अध्यक्ष नेत्र बेल्वासे, व्यापार सघं केन्द्रीय सदस्य महादेब पोखरेल, चन्द्रौटा उद्योग वाणिज्य सघंका अध्यक्ष इश्वरी पाण्डे, राष्टिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णु प्रसाद खतिवडा लगायतले मन्तव्य राखेका थिए।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष मणिराम उपाध्यायले गरेका थिए भने सचिब प्रेमकला पौडेलले कार्यक्रमको संचालन र सह सचिव कबिता आचार्यले स्वागत मन्तव्य दिनुभएको थियो ।
यस कार्यक्रमले सामुदायिक सहभागिता र जनचेतनालाई बढी प्रभावकारी बनाउँदै लागुऔषध दुव्र्यसनको रोकथाममा महत्वपूर्ण योगदान पुर्याउने छ ।