शैक्षिक गुणस्तरमा सुधार हुन आवश्यक छ:मन्त्री तिमिल्सिना


कपिलवस्तु-लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षा प्रणालीलाई प्रविधिसँग जोडेर अघि बढ्नु पर्ने बताउन भएको छ ।

मन्त्री तिमिल्सिनाले गत बर्षको एसईई (SEE) परिक्षाको नतिजामा लुम्बिनी प्रदेशका ७९ विद्यालयले शुन्य अकं ल्याएको भन्दै विद्यालयको शैक्षिक गुणस्तरमा सुधार हुन अति आवश्यक रहेको बताउनु भयो ।

कपिलवस्तुको होटल बिराटमा आयोजित विद्यालयका सफल अभ्यासहरुको अनुभव आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री तिमिल्सिनाले अहिलेको युग प्रविधीको भएकाले प्रदेश सरकार शिक्षा क्षेत्रमा सुधार तथा परिणाम ल्याउने गरि काम गरिरहेको बताउनु भयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयको सचिव अण प्रसाद न्यौपानेले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै प्रधानाध्यापक सुधिर्नु पर्ने बताउनुभयो ।

विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नेका लागि विभिन्न रचनात्मक कार्य गर्न मन्त्रालयका सचिव न्यौपानेले अनुरोध गर्नुभयो ।

कार्यक्रममा प्युठान, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी
नवलपरासी र अर्घाखाँचीका सहित ४० जना
प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

प्युठानका १७, दाङका १२, रुपन्देहीका १२, बाकेका ११ विद्यालयले एसईई (SEE) मा शुन्य नतिजा ल्याएको थिए ।

त्यसैगरी बर्दियाका १७, रोल्पाका ७, अर्घाखाँचीका २, रुकुम पुर्वका २, कपिलवस्तुका १ र गुल्मीका १ विद्यालयले पनि शुन्य अंक ल्याएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

धेरै पढिएको

ताजा समाचार