फाल्गुन ०७ गते । कपिलवस्तु
नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेश प्रथम राष्ट्रपति शंकर पोखरेलले नेपालमा शिक्षाको ढाँचा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा रहेको दुधाधारी नमुना माध्यमिक विद्यालयको १५ कोठे भवन उद्घाटन गर्दै उहाले वर्तमान शिक्षालाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
महासचिव पोखरेलले वर्तमान शिक्षा प्रणाली साधारण रहेको र यसलाई व्यवसायिक शिक्षामा रूपान्तरण गर्नुपर्ने बताउनुभयो । उहाले व्यवसायिक शिक्षाले मात्रै युवाहरूलाई आत्मनिर्भर बनाउन सक्ने उल्लेख गर्नुभयो ।
हुलाकी मार्ग, चन्द्रौटा–कृष्णनगर सडक, तथा हाल निर्माणाधीन बुटवल–गोरुसिंगे सडकको शुरुवात आफ्नो कार्यकालको महत्वपुर्ण कामहरु भएको बताउनुभयो । उहाले कपिलवस्तु शिक्षाका दृष्टिले पछाडि रहे पनि अहिले सबै दृष्टिकोणबाट अघि बढिरहेकोमा खुशी व्यक्त गर्नुभयो । पूर्वलुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले आफ्नो कार्यकालमा कपिलवस्तु जिल्लाका विभिन्न सडक परियोजनाहरूमा काम गरेको दावी गर्नुभयो ।
कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा रहेको दुधाधारी नमुना माध्यमिक विद्यालयको १५ कोठे भवन उद्घाटन गर्दै उनले वर्तमान शिक्षालाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
नेपालमा शिक्षाको ढाँचा परिवर्तन गरि प्राविधिक शिक्षा तर्फ जोड दिनुपर्ने : पोख्रेल

© 2025 Today Patra | टुडे पत्र' मा सार्बधिक सुरक्षित छ | Privacy Policy
Powered by: ProTech