फाल्गुन १२ गते / चन्द्रौटा
नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला कमिटी कपिलवस्तुको बिस्तारित बैठक सम्पन्न भएको छ । सदस्यता नविकरण तथा विस्तारलाई तिब्रता दिदै यहि फाल्गुन २५ गते भित्र सबै पालिका स्तरमा संगठन गठन तथा पुर्नगठन गर्ने नेपाल उत्पीडित जातिय मुक्ति समाज केन्द्रिय सदस्य तथा लुम्बनी प्रदेश इन्चार्ज सि.बि गहतराजले लाग्नुपर्ने बताउनु भयो । बैठकले चैत्र १६ गते कपिलवस्तु जिल्लाको अधिवेशन गर्ने निर्णय गरेका इन्चार्ज गहतराजले बताउनुभयो । नेकपा एमालेले संचालन गरेको वडा केन्द्रित अभियानमा अनिवार्य रुपमा सबैजना सहभागि भई जिम्मेवारी निर्वाहा गर्नुपर्ने इन्चार्ज गहतराजले निर्देशन गनुभयो ।
बैठकमा नेपाल उत्पीडित जातिय मुक्ति समाज कन्द्रिय कमिटी सदस्य टिका सुनार, नेकपा एमाले लुम्बनी प्रदेश सदस्य पुर्णकला सुनार, नेपाल उत्पीडित जातिय मुक्ति समाज लुम्बनी कमिटि सदस्य लाल बहादुर सुनार, खगि सुनार, टंक सुनार, राम बहादुर गन्र्दभ, नेकपा एमाले जिल्ला कमिटि सदस्य डिल बहादुर खाती, राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुका अध्यक्ष शम्भु वि.क लगाएतको उपस्थिती रहेको थियो ।
कन्द्रिय सर्कुलर तथा जिल्ला पार्टी सर्कुलर बाचन गरि सोहि अनुसार काम गर्दै जाने निर्णय गरेको नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष राम प्रघट कोरीले बताउनुभयो । कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका २ गोरुसिङ्गेको त्रिशुली सामुदायिक भवनमा मुक्ति समाजका सदस्य सन्जिव गहतराजको संचालनमा बिस्तारित बैठक सम्पन्न भएको थियो ।
मुक्ति समाज कपिलवस्तुको बैठक सम्पन्न ।। बैठकले तोक्यो चैत्र १६ गते जिल्ला सम्मेलन ।।

© 2025 Today Patra | टुडे पत्र' मा सार्बधिक सुरक्षित छ | Privacy Policy
Powered by: ProTech