नेकपा एमाले विजयनगरको पहिलो बैठक सम्पन्न । वडा केन्द्रित अभियान प्रभावकारी बनाउन जिम्मेवारी बाँडफाँड

कपिलवस्तु, १८ फागुन ।
नेकपा (एमाले) विजयनगर गाउँ कमिटीको पहिलो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले वडा केन्द्रित अभियान प्रभावकारी बनाउन जिम्मेवारी बाँडफाँड गरेको छ । आइतबार सभाहल खडैचामा बसेको बैठकले वडाहररुमा इन्चार्जलाई अभियानलाई सफल बनाउन जिम्मेवारी प्रर्दान गरेको हो ।


नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य गोपाल बहादुर थापाले आगामी निर्वाचनमा बहुमत आउने गरि लाग्नुपर्नेमा जोड दिनुभएको छ । उहाले नयाँ सदस्यता वितरण तथा नविकरणमा कुनै कम्जोरी गर्ननहुने बताउनु भयो । पार्टीलाई सशक्त बनाउन युवालाई अधिकतम रुपमा पार्टीसँग जोड्दै जान जोड दिनुपर्ने बताउनुभयो ।
नेकपा एमालेको जरा केन्द्रित अभियानमार्फत घर–घरमा पुग्ने गरि वडा अभियानमा लाग्न गाउँ कमिटी बैठकले सम्पूर्ण जनवर्गीय संगठनको इन्चार्ज समेत तोकेको जनाइएको छ । यसैैगरी बैठकले सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र अवधि सकिएको जनवर्गीय संगठनको अधिवेशनको गर्ने लगायत निर्णय गरिएको गाउँ कमिटी अध्यक्ष थर्क बहादुर खन्गााहाले जानकारी दिनुभएको छ ।

नेकपा एमाले विजयनगर गाउँ कमिटीका उपाध्यक्ष दिनेश कुमार चौधरीले गत निर्वाचनका बेला पार्टी प्रवेश गर्नेलाई सक्रिय बनाउन उचित स्थान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला कमिटीका सदस्य लक्ष्मी कुमारी चौधरी, लोकेश थापा, दिपेन्द्र महरा, नेपाल मुस्लिम इत्तेहाद संगठनका कार्यवाहक अध्यक्ष अनवर मोहम्मद मुसलमान लगायत विभिन्न जनवर्गीय संगठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियोे ।

 

धेरै पढिएको

ताजा समाचार