पत्रकार खड्काद्धारा स्वर्गीय आमाबुवाको स्मृतिमा ५० हजारको अक्षयकोष स्थापना ।

गीता पौडेल,फागुन २२ गते
शिवराज नगरपालिका वडा न.२ निवासि पत्रकार दिपक खड्काले स्वर्गीय आमाबुवा साबित्री खड्का तथा बिष्णु खड्काको स्मृतिमा बालशिक्षा माबिमा रु ५० हजारको अक्षयकोष स्थापनाका गरेका छन । शिवराज नगरपालिका वडा न. २ मा रहेको बालशिक्षा माबि हल्लानगर लाई रु ५० हजार सहयोग हस्तान्तरण गरि अक्षयकोष स्थापना गरेका हुन ।

खड्काले बिगत देखिनै बिभिन्न सामाजिक रुपान्तरणका कामहरु गर्दै आएका थिए । उनले आमा साबित्रि खड्का तथा बुवा बिष्णु खड्का दुबै जना गुमाए पछि उसहाँहरुको समृतिमा अक्षयकोष निर्माणका गरेर बिपन्न समुदाएका बालबालिकालाई टेवा पुगोस भन्ने उद्धेश्यका साथ अक्षयकोष स्थापना गरेको बताउनु भयो । पत्रकार खड्काले बिद्यालयले गुण्स्तरीय शिक्षामा गुणस्तर बृद्धी गर्ने,बिद्याथीको उतरिण दर बृद्धि गर्ने,बिद्यालय भर्नालाई टेवा दिने जस्ता कार्य गरेमा अक्षयकोषलाई ५ लाख सम्म पुराउन चाहेको कुरा बताउनु भयो ।

कोष हस्तान्तरण गर्दै दिपक खड्काले आमाले ब्राखा पालेर आफुलाई पढ्नमा टेवा दिएको स्मरण गर्दै आमाले शिक्षले मात्र परिवर्तन सम्भव छ भन्दै पढ्नमा उत्प्रेण दिदै अंगाडी बढ्न हिम्मत दिने गरेकोमा स्मरण गर्दै आभुक भएका थिए । यस बिद्याालय पढने बिपन्न समुदाएका बालबालिकालाई छात्राबृति मार्फत टेवा पुग्ने विश्वास ब्यक्त गर्दै अन्य ब्यक्तिलाइ पनि कोषबृद्धी गर्नका लागि सहयोगी हात अंगाडी बढाउन अनुरोध गर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला सचिव चन्द्र बहादुर गहतराज सिबि को प्रमुख आथित्यतामा हस्तान्तरण गरिएको हो । प्रमुख अथिति गहतराजले अनेत्र ठाउँमा लगाउनु भन्दा बिपन्न बालबालिकाले अध्ययन गर्ने ठाउँ सामुदायिक बिद्यालयमा सहयोग गर्दा छात्राबृति मार्फत बिपन्न समुदायलाई टेवा पुग्ने बताउँदै सहरायिन कार्य गरेको उल्लेख गर्नु भयो । अहिले सुरु मात्र भए पनि भबिश्यमा अन्य ब्यत्तिले पनि कोषलार्य बढाउन सहयोग गर्नेमा आशाबादी रहेको बताउनु भयो ।

त्यस्तै हस्तान्तरण कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष,वडा न.२ पा जनप्रतिनिधि यम प्रसाद भुर्तेल,पत्रकार कनिगल्ला धोबि ले मनतब्य राखेका थिए ।

धेरै पढिएको

ताजा समाचार