शिवराजमा एमालेको जरा अभियान, घर घरबाट एमाले जोड्दै

चन्द्रौटा –
नेकपा एमालेको देश भर जारी जरा अभियानमा शिवराजका विभिन्न वडाहमा सक्रिय पुर्वक पार्टि नेता लागी परेका छन । शिवराजका वडा नम्बर १, ४ र ५ मा वडा कमिटीको बिस्तारीत बैठक बसी टोल कमिटी गठन प्रक्रिया अगाडी बढेको नगर कमिटी अध्यक्ष महादेब पोखरेलले जानकारी दिनुभयो ।
आज शनिबार शिवराज वडा नं ३ मा पनि वडा कमिटीको बिस्तारीत बैठक बसेको र भोलीदेखी टोल कमिटी गठन गरीने वडा कमिटी अध्यक्ष नरबहादुर पौडेलले बताउनुभयो ।
जरा अभियानमा वडा कमिटीलाई सशक्त बनाउने, नियमित बैठक बस्ने, सङ्गठित सदस्यता नवीकरण गर्ने, नियमित शुल्क उठाउने, स्थानीय तहहरूले गर्ने कामको लेखाजोखा गर्ने अभियानको उदेश्य रहेको एमाले प्रदेश सदस्य नेत्र राज अधिकारीले बताउनुभयो ।

जरा अभियानमा नया पार्टी सदस्यता बिस्तार ,संगठन बिस्तार यो अभियानको उदेश्य रहेको एमाले प्रदेश सदस्य अर्जुन केसिले बताउनु भयो । यो अभियानले पार्टिको नीति पालिका स्तरमा डिजिटल बनाउने र तीन महिनामा सामाजिक संजालमा १ लाख सन्देश प्रबाह गर्ने रहेको भन्दै प्रशिक्षणमा ध्यानाकर्षण हुनु पर्ने बताउनु भयो ।

प्रदेश कमिटी सदस्य लंक बहादुर हमालले एमालेलाई कमजोर बनाउन विभिन्न संजालहरू हावी भएको आरोप लगाउँदै मुलुकको स्थायित्वका लागि एमाले मजबुत हुनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

जिल्ला सचिव सिवी गहतराजले यो अभियान बाट प्रत्येक घर बाट एमाले जोड्नु पर्ने बताउनुभयो । वडा स्तरमा पार्टी संगठन मजबुत बनाउन रणनीति तयार गर्न आवश्यकता औंल्याउँदै जरा केन्द्रित अभियानलाई प्रभावकारी बनाउने कुरामा जोड दिनुभयो ।

नगर कमिटी अध्यक्ष महादेब पोखरेलले वडा कमिटीले सदस्यता वितरण र स्थानीय मुद्दाहरूमा पार्टीको सक्रिय भूमिका बढाउन निर्देशन दिनुभयो ।

पार्टीलाइ मजबुत बनाउन एमाले बाट निर्वाचित जन प्रतिनिधि आफुले गरेका कार्य नागरिक माझ प्रस्तुत गर्न सक्नु पर्ने बताउनु भयो ।
जरा केन्द्रित अभियान तथा विस्तारीत बैठकमा वडा कमिटी अध्यक्ष पौडेलले एजेन्डा प्रस्तुत गर्दै स्थानीय परिस्थितिलाई बुझ्दै पार्टीको सर्कुलर अनुसार काम गर्ने बताउनु भएको थियो ।

धेरै पढिएको

ताजा समाचार