
घनश्याम भर /कपिलवस्तु, १६ चैत्र ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज कपिलवस्तुकाे छैठाैँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार बाणगंगा नगरपालिकाकाे पिस हिमालय रिसाेर्टमा भएको मुक्ति समाजकाे छैठौँ जिल्ला अधिवेशनबाट पुनः राम प्रघट काेरी अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका छन् । काेरीकाे नेतृत्वमा ३५ सदस्य मुक्ति समाज जिल्ला कमिटी गठन गरिएको छ । जसमा महिला उपाध्यक्षमा बसन्ती दूतराज, उपाध्यक्षमा सविन दर्जी, सचिवमा किरण नेपाली, उप-सचिवमा शम्भु विश्वकर्मा, शिला परियार र काेषाध्यक्षमा पार्वती सुनार चयन भएका हुन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनाेहर विश्वकर्माले समाजमा रहेकाे विभेदबाट विमुख नभएको बताउँदै दलित समाज अपमानित र तिरष्कृत भएको बताए । नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेका विश्वकर्माले विभेद हटाउन संघर्ष गर्नुपर्ने बताए । आउने आन्दोलनलाई सशक्त बनाउने विषयमा गम्भीर भएको उनलेे बताए । समानुपातिककाे आधारमा पनि दलितले पूर्ण अधिकार नपाएको बताउँदै सबैले आवाज उठाउँँदै अगाडी बढनुपर्ने आवश्यकता रहेकाे उनलेे बताए । दलित समाज श्रमजीवी भएको बताउँदै कथित ब्राह्मणले श्रमकाे आधारमा दलितलाई दबाउने काम गरेकाेे उनको भनाइ छ । उनले अझै याे समाजमा जातीय भेदभाव विद्यामान भएको बताउँदै अधिकार सम्पन्न बनाउने अभियानमा मुक्ति समाज लागेको बताए ।
कार्यक्रमलाई नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष नन्द विश्वकर्मा, मुक्ति समाजक सह-इन्चार्ज तथा नेकपा एमाले जिल्ला सचिव चन्द्र बहादुर गहतराज, मुक्ति समाजका स्थायी कमिटी सदस्य ठाकुर लुहागुन, सचिवालय सदस्य सुरेन्द्र श्री, जिल्ला कमिटी इन्चार्ज टिकाराम सुनार, भूमि समस्या समाधान आयाेेगका जिल्ला अध्यक्ष झविलाल पाेख्रेल लगायतले सम्बाेधन गरेका थिए । मुक्ति समाज जिल्ला कमिटीका उप-सचिव जानकी गहतराजकाे स्वागत मन्तव्य र सचिव पूर्ण चन्द्र परियारकाे सञ्चालनमा सम्पन्न भएको छ ।