शिवराजमा वडा केन्द्रित अभियानले पायो तीव्रता

शिवराजमा वडा केन्द्रित अभियानले पायो तीव्रता
चैत्र २१ गते ÷ चन्द्रौटा
नेकपा एमाले शिवराज नगर कमिटीले वडा केन्द्रित अभियानलाई तीव्रता दिएको छ । अभियानको क्रममा शिवराज नगरपालिका वडा नं. ५ बगैँचा टोलमा टोल कमिटी गठन गरेको छ ।
गिरी सापकोटाको अध्यक्षता १५ सदस्य टोल कमिटी गठन गरेको हो । उपाध्यक्षमा कमला पोख्रेल, सचिवमा कुलचन्द्र खनाल ,सह–सचिवमा विमला अधिकारी सदस्यहरु महेश बस्नेत, सरिता सापकोटा, अनिता बस्याल, सीता आचायर्, बिमला पौडेल, लगायत कमिटिमा निर्वाचित भएका छन ।
त्यस्तै सात सदस्य जेष्ठ कम्युनिस्ट मञ्च समेत गठन भएको छ । भेलाले ७० वर्ष पुगेका जेष्ठ कम्युनिस्ट बुवाआमाहरूलाई उहाँहरूले पार्टीप्रति गरेको योगदानलाई कदर गर्दै सम्मान समेत गरिएको थियो । कार्यक्रममा भर्खरै नवनिर्वाचित स्ववियु सभापति केशव गैरेलाई पनि सम्मान गरिएको थियो ।
जरा केन्द्रित अभियालाई सफल बनाउन नेकपा एमाले जनताको घरघरमा पुग्दै पार्टीको विचार, सिद्धान्त र धारणासहित वडा केन्द्रित अभियानमा तिब्रता दिएको छ ।
भेलामा केन्द्रीय परिषद् सल्लाहकार सदस्य साधुराम खनाल, लुम्बिनी प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारी, लुम्बिनी प्रदेश कमिटी सदस्य शिवकुमारी थारु, प्रदेश सल्लाहकार परिषद् सदस्य बेगम विश्वकर्मा, जिल्ला कमिटी सचिव सीबी गहतराज, प्रदेश विभाग सदस्य शिवराज सुवेदी, जिल्ला कमिटि सदस्य लङ्कबहादुर हमाल, बाबुराम सापकोटा, सरोज कुमार पौडेल, नेत्रप्रसाद बेलबास,े जगतप्रसाद पौडेल जिल्ला कमिटी सदस्य तथा वडा नं ५ सह इन्चार्ज खगी सुनार नेकपा एमाले शिवराज नगर कमिटी अध्यक्ष महादेव पोखरेल शिवराज नगरपालिका वडा नम्बर ५ वडा कमिटीका अध्यक्ष प्रेम सुनार लगायतको उपस्थिति रहेको थियोे ।

त्यस्तै शिवराज नगरपालिका वडा नं. ५ प्रगतिटोलमा विष्णु पौडेलको अध्यक्षतामा ९ सदस्य टोल कमिटि गठन गरिएको छ । त्यस्तै उपध्यक्ष हरी प्रसाद बेल्वासे, सचिव दिपक न्यौपाने, सह सचिव सर्तिला भुषाल, भेषराज बेल्वासे, कुलराज पौडेल, सुमित्रा आचार्य, गिता बेल्वासे र सिता पौडेल निर्वाचित भएका छन ।

 

धेरै पढिएको

ताजा समाचार