
बैशाष ३ गते / कपिलवस्तु
कपिलवस्तुको चन्द्रौटामा किशोरी संजालको अभियानकर्माीहरुको प्रतिनिधिहरुलाई ३ दिने नेतृत्व विकास तालिमको उद्घाटन भएको छ । तालिमको उद्घाटन गर्दै महिलाहरुले आफ्नो समस्याहरु खुलेर राख्नसके मात्र समाधान हुन सक्ने शिवराज नगरपालिका उपप्रमुख शिव कुमारी थारुले बताउनुभयो । देवानी मुद्धाहरु न्यायिक समितिले हेर्ने भएकोले महिलाहरुमाथि हिंसाका घटनाहरुलाई निर्धक भएर आफुलाई सम्पर्क गर्न उपप्रमुख थारुले आग्रह गर्नुभयो ।
एक्सन एण्ड नेपालको सहयोग र सिद्धार्थ सामाजिक केन्द्रको आयोजनामा संचालित तालिममा गाँऊ घरमा हुने विभिन्न प्रकारका विभेद, हिंसालाई उठान गर्ने र सरकारबाट प्रवाहा हुने सेवामा पहुच बृद्धि गर्न सक्क्षम हुन सक्ने लक्ष्ये लिएको कार्यक्रम संयोजक अजय चौधरीले बताउनुभयो । शिवराज नगरपालिका वडा नं.४,१० र ११ मा स्थानिय अधिकार कार्यक्रम संचालन गरिएको र सोहि वडाहरुबाट प्रतिनिधिमुलक सहभागिहरुलाई तालिम प्रर्दान गरिएको हो ।