जेष्ठ ११ गते / कपिलवस्तु
शिवराज नगरपालिकालाई पुर्ण खोप निश्चितता पालिका घोषणा गरिएको छ । आज एक कार्यक्रम बिच पुूर्ण खोप निश्चिततत तथा पूर्ण खोप घोषणा गरिएको हो आइतवार वा आज एक कार्यक्रमबिच पूणखोप .सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । पूर्णखोप जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यको प्रमुख आथित्यतामा गरिएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख आचार्यले घोषणा गरेर मात्र नहुने भन्दै दिगोपना गर्नु सामान्य कुरा नरहेको बताउँदै आगामी दिनमा पनि यस्लाईअभियानकै क्र्रममा लैजानु पर्नेमा जोड दिनुभयो । खोप लगाउने सबै उमेर समुहका बालबालिकाले पूर्णखोप पाएको प्रमाण वा डााटा अनुसार पूर्ण खोप घोषणा गर्नm सहयोग पुराउने सबै कर्मचारीलाई भन्यबाद दिनु भएको थियो । पूर्णखोपले बालबालिकालार्य रोगप्रतिरोधात्मक क्षमता बढाउन प्रमुख अथिति आचार्यले शिवराज नगरपालिका प्रमुख अजयथापालाई प्रमाणपत्र हस्तान्तर गरेर घाषणा गर्नुभएको थियो ।
सोहिअवसरमा शिवराज नगरपालिका प्रमुख अजय थापाले कुनै पनि बालबालिका खोृपबाट बन्चित हुन नहुने बताउनु भयो । पालिकाले शिक्षा स्वास्यलाई बिशेष प्राथामिकतामा राखेर काम गरेको बताउनु भयो । प्रमुख थापाले शिवराज अस्पतालमा रहेको आधारभुत अस्पतालमा आगामी वर्षदेखि सर्पदशं उपचार सुरुहुने समेत बताउनु भयो ।
शिवराज नगरपालिका भित्र रहेका ११ वटै वडालाई पूर्णखोप घोषणा गरिएको त्यहि तथ्याकं र सुचकका आधारमा पूर्णखोप सुश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टाइले जानकारी दिनुभयो ।
कपिलबस्तुका १० पालिका मध्य तेस्रो पालिकाको रुपमा शिवराज नगरपालिका पूर्णखोप घोषणा गरिएको हो । जिल्लाका बाँकी ७ वटा पालिकामा क्रमश घोषणा गर्ने कार्यक्रम रहेको छ । शिवराज नगरपालिका भित्रका १६ देखि ५९ महिना उमेर समुहका ४ हजार ३१५ मध्ये शतप्रतिशत बालबालिकाले पूर्ण खोप पाएको प्रतिबेदनमा प्रस्तुत गरिएको थियो ।यसै अवसरमा महिलासंयमसेवेकी,स्वास्थ्यकर्मी, लगमयतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा शिवराज नगरपालिका वडा न.१,वडा न.३ र ५ का वडा अध्यक्षले मनतब्य राख्दै भौतिक विकास मात्र नभएर अन्य शिक्षा,स्वास्थ्य,महिला बालबालिकाको क्षेत्रमा टेवा पुराउनपालिकाले कार्ययोजना बनाएर लाग्नु पर्नेमा जोर्ड दिनु भयो । त्यस्तै ब्यापार संघ कलिबस्तुका अध्यक्ष महादेव पोखरेलले स्वास्थ्य क्षेत्रमा सरकारले उपलब्ध गराउने भनेका औषधी नपाएको नागरिकले गुनासो आउने गरेको बताउँदै त्यस्लाई तत्काल सुधार गर्नु पर्ने बताउनु भयो ।










