जेठ ०८ गते । कपिलवस्तु
शिवराज नगरपालिका वडा न ११ को आयोजनामा आज एक कार्यक्रमका बिच साईकल वितरण गरिएको हो । शिक्षामा पहुँच पुर्याउने उद्देश्यले आयोजित साईकल वितरण कार्यक्रमको उद्घघाटन वडाअध्यक्ष रमेश्वर प्रसाद बर्माले गर्नु भएको थियो । उहाँले भन्नुभयो, शिक्षा सबैका लागि पहुँचयोग्य हुनुपर्छ । टाढा भएका कारण विद्यालय जान असजिलो हुने किशोरीहरूका लागि साईकल वितरण गरिएको हो । यसले विद्यालयमा उपस्थिति दर वृद्धि र पढाइ प्रतिको उत्साह बढाउनेछ ।
कार्यक्रममा वडासचिव, अभिभावक तथा स्थानीय समाजसेवीहरूको उपस्थितिमा साईकल वितरण गरिएको थियो । साईकल प्राप्त गरेपछि खुशी हुँदै एक किशोरीले भनिन्, हिजोआज बिहानै उठेर लामो बाटो हिँड्नुपथ्र्यो । अब त सजिलै समयमै विद्यालय पुग्न सकिन्छ । वडाको सहयोगमा ४४ जना अति विपन्न परिवारका किशोरीहरुलाई एक एक थान साईकल वितरण गरिएको थियो । विद्यालयका प्रतिनिधिहरूले पनि वडाको यो कार्यक्रमले बालिकाहरूको शिक्षामा ठुलो टेवा पु¥याउने विश्वास व्यक्त गरेका छन् । यस कार्यक्रमले स्थानीय स्तरमा बालिका सशक्तीकरण र शिक्षाको प्रवद्र्धनतर्फ सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।









