किशोर–किशोरी क्षमता विकास तालिम सम्पन्न।

जेठ ९ गते । कपिलवस्तु

शिवराज नगरपालिकाको सहयोगमा सामुदायिक रेडियो भ्वाइसको आयोजनामा किशोर–किशोरीको क्षमता विकास सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ।
सामुदायिक रेडियो भ्वाइसका बल बहादुर बि.कको अध्यक्षता शिवराज नगरपालिका वडा नम्बर ५का वडा अध्यक्ष नेत्र बेल्बासेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अथिती वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेले किशोर किशोरीको क्षमता विकास गर्नुका साथै समाजमा हुने ब्ताप्त कुरितिको अन्त्यका लागि किशोर किशोरी एकजुट हुनु पर्नेमा जोड दिनु भएको थियो ।

किशोरकिशोरीलाई कुलतबाट बचाउन विभिन्न रचनात्मक कार्य गर्न जरुरी रहेको समेत बताउनु भयो । कार्यक्रममा रेडियो भ्वाइसका उपाध्यक्ष कमलनाथ चौधरी ,सुमित्रा अधिकारी , सचीव सन्जिब गहतराज ,सहसचिब कमला भारती लगायतको उपस्थिति रहेको थियो। तालिममा विभिन्न शिर्षकमा किशोर–किशोरीहरुलाई आत्मविश्वास अभिवृद्धि गर्दै उनीहरुको नेतृत्व क्षमतामा समेत टेवा पुरायाउने कार्य पत्र प्रस्तुत गर्नु भएको थियो । सहभागीहरूले तालिमबाट महत्वपूर्ण ज्ञान र सीप सिकेको प्रतिक्रिया दिएका छन्।

धेरै पढिएको

ताजा समाचार