शिबराज नगरपालिका वडा न.१ मा अबस्थित एकिकृत सुरहि सामुदायिक बन उपभोक्ता समितिले २० जना बिपन्न परिवारका बालबालिकालाई शैक्षिक साम्रगी बितरण गरेको छ ।
हिज एक कार्यक्रमबि सरस्पवती आधारभुत बिद्यालमा अध्ययनरत बिपन्न बिद्याथीलाई झोला र कपि वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति खिमबिक्रम केसिले बिपन्न परिवारलाई शैक्षिक सामग्री सहयोग गर्नु अत्यान्तै पुन्य रहेको बताउनु भयो । निशुल्क शिक्षा भए पनि बिद्यार्थीले कपि कलम तथा झोला र बिद्यालय पोसाक जुटाउन नसकेर नियमित बिद्यालय आउन नसकेका कैऔं बिद्यार्थी रहेकोले सामुदायिक बनको यो सहयोगले धेरै बिद्याथीहरुमा टेवा पुग्ने बताउनु भयो । वडा अध्यक्ष केसिका अनुसार वडा कार्यालयले पनि यस्ता बिद्यार्थी सहयोग गर्ने योजना बनाएको समेत उल्लेख गर्नु भयो ।
त्यस्र्तै कार्यक्रमका बिशेष अथिति एकिकृत सुरही सामुदायिक वनका अध्यक्ष फानेश्वर न्यौपानेले बिपन्न परिवारका बालबालिकालाई सहयोग गर्न पाउँदा हर्सीत भएको बताउनु भयो । कार्यक्रममा कौशलराज न्यौपाने लगायतले मनतब्य राख्दै सामुदायिक बनले आफनो भुमिका निर्वाह गरेमा धन्यबाद दिनु भएको थियो । उँहाले निशुल्क शिक्षा लागु भए पनि प्रयाप्त मात्रमा शिक्षक नभएमा कार्यान्वयन तह कमजोर देखिएको बताउनु भयो ।
कार्यक्रम समापन सत्रमा बोल्दै बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष जगत जिसिले छिटोछिटो शिक्षक सरुवा हुँदा बिद्यालयको पठनपाठन प्रभावित भएको बताउनु भयो । सामुदायिक बिद्यालयलाई मजबुत बनाउनका लागि आफु सधै लागि परेकाले यस अभियानमा हातेमालो गर्न वडा भित्र रहेका सामुदायिक बन सरकारी तथा गैरसरकारी संस्थालाई आग्रह समेत गर्नु भयो । साथै बिद्यालयका बिद्यार्थीलाई शिक्षण गर्दा कमजोर अवस्था भएको बिद्यार्थीलाई बिशेष ख्याल गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रम बिद्यालयका प्रअ शान्ति केसिले बिद्यालय संचालनमा चुनौति रहेको उल्लेख गर्दै शिक्षक फेरबदल हुँदा बिद्यार्थी प्रभावित भएको बताउनु भयो ।
कार्यक्रममा एकिकृत सुरहि सामुदायिक उपभेक्ता समुह परिवार,बिद्यालय ब्यबस्थापन समिति,अभिभावकसं लगायतको सहभागिता रहेको कार्यक्रममा वडा न.१ का वडा अध्यक्ष खिमबिक्रम केसिको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको अध्यक्ष विद्यालय ब्यबस्थापन समिति अध्यक्ष जगत बहादुर जिसिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रधानाध्यापक शान्ति केसिले गर्नु भएको थियो ।










