मानव समवेदनामा ठेस पुग्ने निरमम घटना यति बेला चचार्मा छ कपिलवस्तु चन्द्राैटामा । लासमाथिकाे निरममतापुर्ण अपराध अगाडि आएकाे छ । घटना असार ४ गतेको हो । शिवराज नगरपालिका वडा ३ मदवा बस्ने ५५ वर्षिय डम्बर कुमारी बलामी भुगर्भ सिमेन्ट प्रालि अगाडि सवारी दुर्घटनामा परि मृत्यु भयो । दुर्घटना पश्चात मृतकको परिवार र प्रहरीले शव पोस्टमार्टको लागि शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको आधारभुत अस्पतालमा ल्याएको थियो । परिवारका अनुसार मृतक बलामीको कानमा १ तोलाका दुईवटा सुनका रिङ्ग थिए । शव पोस्टमार्टमका लागि लगिँदा सुन निकाल्न नसकेकाले रिङ्गसहित शव भित्रिएको थियो ।शवलाई पोस्टमार्टम गरेर प्लास्टिकमा प्याक गरी बुटवल अन्त्येष्टि स्थल लैजाँदा, कानमा भएको सुन गायब भइसकेको थियो ।
सुन हराएको हल्ला फैलिएपछि अस्पताल परिसरमा हंगामा मच्चिएको थियो । परिवारले १३ दिने कार्य सकेर तत्कालै प्रहरीमा सुन हराएको उजुरी दिएका थिए ।यता अस्पतालले सुन नभएको दावी गरिरहेको थियो । शव चिरफार गर्ने डा अमित पाण्डे र सहायक कर्मचारी सेराज अहमद दर्जी लाई प्रहरीले अनुसन्धान गर्न थाल्यो । डा पाण्डे प्रवेश गर्न भन्दा एक घण्टा अघि कर्मचारी दर्जी गएकोले र आफु पुग्दा शरिरमा पुरा खाली रहेको तस्विर रहेको डा पाण्डेले बताए । कार्यलय प्रमुख समेत रहेका पाण्डेले कर्मचारीलाई पटक पटक वास्तविक कुरा भन्न आग्रह गरेपनि आफु कुनै पनि सुन चोरी नगरेको बताउँदै आएको पाण्डेले बताए ।
प्रहरी अनुसन्धानको बहानामा झण्डै एक महिना पिडित परिवारलाई झुलाएर राखियो । अन्ततः साउन ३ गते अस्पतालका कर्मचारी दर्जीले रु १ लाख दिने प्रस्ताव गरे । परिवारले रु २ लाख नभई नमिल्ने अडान राखेपछि साउन १० गते भाका माग्दै कर्मचारीले परिवारलाई घर फर्काएका थिए ।तर त्यसको दुई दिनमै साउन ५ गते नै कर्मचारीले फोनमार्फत २ लाखको चेक दिन सहमत भए । परिवार अचम्मित भयो — यदि आफैले सुन चोरी नगरेको भए किन २ लाखको चेक दिनुपर्ने । परिवारका अनुसार चेक फिर्ता गरी सोही रकम नगदमा बुझाइएको छ । वैकको कारोवार देखिने भएकोले नगद बुझाएको पारिवारिक स्रोतले जनाए ।परिवारकी सदस्य हिमा थापाले दोषीलाई पैसा दिएर जोगाउन खोजिएको आरोप लगाइन् ।
शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले असार ४ गतेदेखि घटनामा मुछिएका कर्मचारीलाई हाजिर नलगाउन निर्देशन दिएका बताए । गलत काम गर्ने जो कोहिलाई नछोडने बताउँदै दोषि कर्मचारीलाई उन्मुक्ति नदिइने थापाले बताए ।वडा प्रहरी कार्यालय चन्द्रौटा भने चोरिको घटनालाई सामान्य रुपमा लिएको छ । घटना भएको महिनौ दिन सम्म पनि चोर पक्राउ गर्न नसकेकोमा स्थानीयहरुले प्रहरी प्रशासन तर्फ पनि प्रश्न तर्शाएका छन् ।प्रहरी निरिक्षक सुजन शाहले सुन हराएको भनि निवेदन बमोजिम अनुसन्धान भइरहेको बताए । हराएको समयमा कर्मचारी सेराज अहमद दर्जी रहेको र उनलाई नै यो विषयमा पटकपटक सोधपुछ गरेपनि स्वीकार भने नगरेको बताए । बाहिर मिलापत्र भएको भन्ने विषयमा आफु जानकार नभएको शाहले बताए । पनि पिडित हिमा थापा र पिडक सेराज अहमद दर्जी दुवैको भनाई अनुसार पैसाको कारोवार को विषयमा वडा प्रहरी कार्यलय चन्द्रौटाको मुद्धा फाटमै कुरा टुगिंएको र वडा प्रहरी कार्यलय अगाडी रहेको एक नास्ता पसलमा २ लाखको चेक दिएको भए पनि चेक फिर्ता गरि नगद २ लाख पिडित परिवारलाई दिएका स्राेतले बताएकाे छ ।
यता आरोपित दर्जीले आफुले इज्ययत र जागरि बचाउनको लागि रकम दिएको बताए । आफुले सुन नचोरेको भएपनि पोष्टमार्टम कार्यालयको जिम्मेवारी आफ्नो रहेको जिकिर गरे । निर्देष भएको आधार पेश तथा भनाई राख्न आग्रह गर्दा तनावमा रहेकोले औपचारीक रुपमा मिडियामा बोल्न नसक्ने बताए ।









