तीन वर्षभित्र चिनी मिल सञ्चालन हुन्छ : एमाले उम्मेदवार कनौडिया

कपिलवस्तु -नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रतिनिधि सभा सदस्य उम्मेदवार बिरेन्द्र कुमार कनौडियाले तीन वर्षभित्र शिवराज नगरपालिका–७, जवाभारीमा रहेको चिनी मिल सञ्चालनमा ल्याइने घोषणा गर्नुभएको छ।
आज आयोजित विशाल शक्तिप्रदर्शन तथा कोणसभालाई सम्बोधन गर्दै उहाँले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो। “जवाभारीको चिनी मिल पुनः सञ्चालनमा आएपछि यहाँका उखु किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउनेछन् र युवाहरूका लागि रोजगारीका अवसर सिर्जना हुनेछन्,” उहाँले भन्नुभयो।
उहाँले बन्द उद्योगहरू सञ्चालनमा ल्याएर स्थानीय अर्थतन्त्र चलायमान बनाउने आफ्नो मुख्य लक्ष्य रहेको उल्लेख गर्नुभयो। आवश्यक लगानी, सरकारी समन्वय र निजी क्षेत्रको सहकार्यमार्फत मिल पुनः सञ्चालन सम्भव रहेको उहाँको दाबी थियो।
कनौडियाले कपिलवस्तु–३ लाई कृषि र उद्योगको केन्द्रका रूपमा विकास गर्ने योजना अघि सार्दै जनताको साथ र समर्थनले मात्र विकास सम्भव हुने बताउनु भयो ।

धेरै पढिएको

ताजा समाचार