कपिलवस्तु ।
द्यालय शिक्षा विधेयकमा राखिएका केही प्रावधानप्रति आपत्ति जनाउँदै निजि विद्यालय सञ्चालकहरूले देशव्यापी आन्दोलनका क्रममा शिवराज क्षेत्रमा पनि सोमबार विरोध कार्यक्रम सम्पन्न गरेका छन् ।
प्याब्सन शिवराज समितीको आयोजनामा चन्द्रौटा हाट बजार हुँदै मदवा, शिवपुर, शिवगढी, वालापुर, विशनपुर, लालपुर र खरेन्द्रपुर परिक्रमा गरी पुनः चन्द्रौटा फर्किने गरी कालो झण्डा देखाएर बस र्याली निकालिएको हो । यसअघि स्थानीय तहलाई ज्ञापन पत्र बुझाइसकिएको र माग सम्बोधन नभएकाले केन्द्रीय सर्कुलरअनुसार आन्दोलन गरिरहेको प्याब्सन कपिलवस्तुका वरिष्ठ उपाध्यक्ष तोयनाथ गैरेले जानकारी दिनुभयो ।
निजी शैक्षिक संस्थाहरुले अघि सारेका प्रमुख मागहरूमा “निजी विद्यालयहरूलाई क्रमशः गैर नाफामूलक बनाईनेछ” भन्ने वाक्यांश हटाउनुपर्ने, “पूर्ण छात्रवृत्ति” भन्ने शब्द खारेज गर्नुपर्ने रहेका छन प्याब्सनले आन्दोलनका कार्यक्रमलाई चरणबद्ध रूपमा अघि बढाउने बताएको छ ।









