कपिलवस्तु ।
नेकपा ऐमाले कपिलवस्तुले मंसिर २७ देखि २९ गते सम्म काठमाडौंमा आयोजना हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नं. ३ ले खुलातर्फबाट एमाले प्रदेश कमिटि सदस्य एवम् लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन के सि , बिजयनगर गाउँपालिकाका अध्यक्ष तथा एमाले प्रदेश सदस्य गोपाल बहादुर थापा, महिला तर्फ गंगा घर्ती मगर र युवा तर्फ नारायण सापकोटा सर्वसम्मत रूपमा निर्वाचित भएको प्रतिनिधि छनौट निर्वाचन कमिटि संयोजक बाबुराम सापकोटाले जानकारी दिनुभएको छ ।
त्यस्तै गरि कपिलवस्तु क्षेत्र नं १ मा खुल्ला तर्फबाट डम्मर शर्मा, बिश्राम प्रसाद चौधरी, बजरंगी कुर्मि चौधरी महिला तर्फ शान्ता पान्डे, बिमला चौधरी र युवा तर्फबाट टुकलाल गैरे सर्ब सम्मत निर्वाचित गरेको छ ।
त्यस्तै गरि कपिलवस्तु क्षेत्र नं २ मा खुल्ला तर्फबाट बाबुराम खनाल, मैराज खाँ, महिला तर्फबाट शारदा शर्मा, सरिता आचार्य, युवा तर्फबाट देवीराम अर्याल र दलित तर्फबाट सि.बि गहतराज सर्ब सम्मत निर्वाचित गरेको नेकपा ऐमाले जिल्ला कमिटि अध्यक्ष बाबुराम खनालले बताउनु भयो ।









