मंसिर २९ गते
उद्योग तथा बाणिज्य फमसंग गुणस्तरिय बस्तु र सेवा सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गोष्ठीलाई सम्बोधन गर्दै
घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख सन्तोष खनालले पछिल्लो ३ बर्षमा नवीकरण हुन नसकेका फमलाई जरिवाना ७५% छुट सहित यही पुस मसन्ता भित्र नवीकरण गर्न सकिने बताउनु भयो ।
कपिलवस्तुको चन्द्रौटामा घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाको आयोजनामा एक दिने गोष्ठी सप्पन्न भएको छ ।
गोष्ठीमा गुणस्तरीय वस्तु र सेवा विषय कार्यशालामा खास गरि भान्सा सुधारमा विशेस ध्यान दिनु पर्नेमा जोड दिइएको थियो ।
घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तु को आयोजना तथा होटल व्यावसायिक संग कपिलवस्तुको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अथिती प्रमुख जिल्ला अधिकारि जनोर्दन गौतमले खाद्यान्न मानिसको स्वास्थ्य सङ्ग जोडिएको विषय भएकोले कसैले पनि लाहाप्रबाही गर्न नहुने बताउनु भयो त्यस्तै कार्यक्रमका विशेष अथिती घरेलु साना उद्योग व्यबसायी माहासङ्ग कपिलवस्तुका अध्यक्ष टोपलाल पोखरेलले बाहिर ठुलो कुरा गर्छौ तर भान्सा सुधारमा ध्यान नदिदा अनेक रोगको सिकार हुन परेको बताउनु भयो । उहाँले भन्नू भयो भान्साबाटै कस्तो खाने के खाने? कति खाने र क्स्तो बाताबरण बनाउने भन्ने सोच्न सकेमा रोगबाट केही हद सम्म वचन सकिनेमा जोड दिनु भयो ।
औद्योगिक वातावरण सुधार दिगो अर्थतन्त्रको आधार भन्ने नारासहित उक्त कार्यक्रम घरेलु तथा साना उधारो कार्यालय कपिलवस्तुका प्रमुख सन्तोष खनालले मानब जिबन संग जोडिएकोको सबाल भएको गुणस्तरमा ध्यान दिन अनुरोध गर्नु भएको छ । प्रमुख खनालले पछिल्लो ३ बर्षमा नवीकरण हुन छुटे उधागि ब्यापारीलाई 75% छुटमा यही पुस मसन्ता सम्म नवीकरण गर्न छुट रहेको जानकारी दिनु भयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका अधिकृत राजेन्द्रप्रसाद लोध को सजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कपिलवस्तुका जनोर्दन गौतम,घरेलु तथा साना उद्योग व्यवसाय महासङ्घ कपिलवस्तु का अध्यक्ष टोपलाल पोख्रेल, विशिष्ट आतिथ्य उद्योग वाणिज्य संघ चन्द्रौटाका अध्यक्ष ईश्वरी पाण्डे , होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ कपिलवस्तुका अध्यक्ष लेखनाथ घर्तीको ,होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुका उपसचिव शिवराज सापकोटा संस्थापक अध्यक्ष धुन्डिराज अधिकारि मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णुप्रसाद खतिवडा लगायत विभिन्न संघसंस्था उद्योगी व्यापारीहरूको सहभागिता रहेको कार्यक्रम मा वरिष्ठ घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका सन्तोष खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पूर्णबहादुर परियारले गर्नुभएको थियो।









