कपिलवस्तु क्षेत्र न ३ मा नेपाली कांग्रेसबाट अभिषेक प्रताप शाहाको उमेद्धवारी


कपिलवस्तु । नेपाली कांग्रेसले कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ बाट अभिषेक प्रताप शाहलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी स्रोतका अनुसार आगामी निर्वाचनका लागि शाहको नाम अन्तिम चरणमा टुंगो लागेको हो।
गत निर्वाचनमा झिनो मतान्तरले पराजित भएका शाह क्षेत्र नं. ३ मा प्रभावशाली तथा अब्बल नेताको रूपमा परिचित छन्। संगठन निर्माण, जनसम्पर्क र विकासका मुद्दामा सक्रिय रहँदै आएका शाहले यस पटक चुनावी तयारीलाई थप मजबुत बनाएका छन्।
स्थानीय तहदेखि केन्द्रीय नेतृत्वसम्म राम्रो पहुँच बनाएका शाहले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र रोजगारीलाई प्राथमिकतामा राख्दै चुनावी अभियान अघि बढाउने तयारी गरेको बताइएको छ। पार्टीभित्र एकजुटता कायम गर्दै जनताको विश्वास जित्ने रणनीतिसहित उनी मैदानमा उत्रिन लागेको कांग्रेस नेताहरूको भनाइ छ।
नेपाली कांग्रेसले कपिलवस्तु क्षेत्र नं. ३ लाई महत्वपूर्ण निर्वाचन क्षेत्रका रूपमा लिएको छ भने शाहको उम्मेदवारीले चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ।

धेरै पढिएको

ताजा समाचार