काठमाडौं । बालेन साहले जनकपुर पुगेर झापा ५ को टिकट लिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता रहेको बालेनले जनकपुरमा आयोजित चुनावी सभाका क्रममा सभापति रवि लामिछानेबाट टिकट लिएका हुन् ।
बालेनले आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर चुनावमा लागेका हुन् ।
उनी झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भिड्दैछन् ।









