झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयु लामो नहुने बताएका छन् ।
आज दमकमा नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी) नेता गगन पुरीको आगजनी गरिएको घर अवलोकन गर्दै अध्यक्ष ओलीले अराजकताको आयु लामो नहुने भन्दै आपराधिक कृयाकलापमा संलग्नहरू कारबाहीको दायरा आउने बताएका हुन् ।
ओलीले भने,‘सधैँ अराजकता कहाँ टिक्छ र, एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ नि ! बरु उजुरी-निवेदन लगायतको प्रकृया चाहिँ अघि बढाउनु होला ।’









