काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहप्रति कटाक्ष गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमा लेख्दै साम्पाङले सिंहदरबार खरानी बनाउनेहरूले पाथीभरा मातासँग के भाकल गरे भन्दै प्रश्न गरेका हुन् ।
झापा–५ बाट उम्मेदवार दिएका बालेन शुक्रबार ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिर पुगेका थिए ।
सुनसरी–१ बाट उम्मेदवार समेत रहेका साम्पाङले आफूले पाथीभरा मातासँग ‘मेरो राजनीतिक जीवनमा एक पैसा भ्रष्टाचार गरेर खाएको पल त्यहीँ मेरो मरण होस्’ भन्ने भाकल पनि गरे ।
“मैले पाथीभरा मातालाई भाकेर भनेँ ‘मेरो राजनीतिक जीवनमा एक पैसा भ्रष्टाचार गरेर खाएको पल त्यहीँ मेरो मरण होस्’ सिंहदरबार खरानी बनाउनेहरुले चाहिँ के मागेछ ? जनता जान्न चाहन्छन् !” साम्पाङले फेसबुकमा लेखेका छन् ।
साम्पाङले यसअघि पनि साहमाथि सिंहदरबार खरानी बनाएर रमाएको आरोप लगाउँदै आएका थिए ।









