निर्वाचन आयोगले हर्क साम्पाङसहित तीनजनालाई सोध्यो स्पष्टीकरण


काठमाडौं । निर्वाचन आयोगले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित तीन जनालाई स्पष्टीकरण सोधेको छ ।

आयोगले साम्पाङसहित नेपाली कम्युनिष्ट पार्टीका जाजरकोटका उम्मेदवार शक्ति बस्नेत र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई पनि स्पष्टीकरण सोधेको हो ।

आयोगले नेपाली कम्युनिष्ट पार्टीका जाजरकोटका उम्मेदवार बस्नेतलाई पैसा बाँडेको भिडिओबारे स्पष्टीकरण सोधेको छ । यसैगरी साम्पाङलाई निर्वाचनमा बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको हो ।

त्यस्तै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई झापा–५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीको मनोनयन दर्ता गर्दा उनी सरकारी गाडी चढेर सहभागी भएको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो।

धेरै पढिएको

ताजा समाचार