स्वतन्त्र उम्मेदवार परियारको लिखित ५ विष्फोटक(बम)–प्रतिबद्धता सार्वजनिक ।।


कपिलवस्तु क्षेत्र नं. ३ मा चुनावी माहोल अचानक तातिएको छ। विकासका ठूला योजनासहित स्वतन्त्र  उम्मेदवार चिन्ता परियारले लिखित प्रतिबद्धता सार्वजनिक गरेपछि पुराना राजनीतिक शक्ति केन्द्रहरू दबाबमा परेका छन्।

“मैले सपना होइन, कार्यान्वयन हुने योजना लिएर आएको छु,” भन्दै उनले भाषणमुखी राजनीति माथि सिधा चुनौती दिएका छन्।

🏥 मेडिकल कलेज र कृषि विश्वविद्यालय स्थापना

स्थानीयमै शिक्षा र उपचारको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धताले क्षेत्रका अभिभावक र युवामा आशा जगाएको छ।

🚠 शिवगढी केबलकार र शंकरपुर ताल विकास

पर्यटनबाट रोजगारी र आम्दानी बढाउने योजनाले कपिलवस्तुको सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउने दाबी।

🏏 अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम

खेलकुदमार्फत युवालाई अवसर र पहिचान दिलाउने लक्ष्य।

⚖️ भ्रष्टाचारी क्यामेराको निगरानीमा

सुशासनका लागि प्रविधिको प्रयोग र जनप्रतिनिधिलाई जनताले नै फिर्ता बोलाउन पाउने Right to Recall को प्रस्तावले राजनीतिक वृत्त तरंगित।

🌾 किसान मूल्य निर्धारणकर्ता

किसानले आफ्नै उत्पादनको मूल्य तोक्न पाउने, मल–खाद तथा बीउ बैंक स्थापना गरी समयमै आपूर्ति गर्ने स्पष्ट योजना।

धेरै पढिएको

ताजा समाचार