राष्ट्रियताको सवालमा कनोडियाको ‘फायर’: देश जोगाउने तागत एमालेसँग मात्रै छ


चन्द्रौटा, कपिलवस्तु ।
मंसिर ४ को निर्वाचन नजिकिँदै गर्दा कपिलवस्तुको शिवराज नगरपालिका-५, चन्द्रौटामा नेकपा एमाले क्षेत्र नं ३ ले आफ्नो शक्ति प्रदर्शनसहित निर्वाचन परिचालन कार्यालयको भव्य उद्घाटन गरेको छ। विपक्षीहरुको मुटु काप्ने गरी कार्यकर्ताहरुको बाक्लो उपस्थितिका बीच आज एमालेले चुनावी अभियानको औपचारिक शंखनाद गरेको हो।

कनोडियाको दाबी: ‘एमाले मात्रै देशको रक्षक’
कार्यालय उद्घाटन गर्दै क्षेत्र नं ३ का ‘हेभीवेट’ उम्मेदवार बिरेन्द्र कनोडियाले कार्यक्रममा आक्रामक मन्तव्य राखे। उनले देशको राष्ट्रियता, सार्वभौमिकता र स्वाधीनताको रक्षा गर्ने एक मात्र चट्टानी शक्ति नेकपा एमाले भएको ठोकुवा गरे। कनोडियाले भने, “यो देशको स्वाभिमान जोगाउने पार्टी एमाले बाहेक अरू हुन सक्दैन, त्यसैले सूर्य चिन्हमा मतदान गरेर देश बचाउने अभियानमा साथ दिनुस्।”

‘रणनीतिक हमला’ गर्न निर्देशन
कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य तथा शिवराज उपप्रमुख शिवकुमारी थारूले यो निर्वाचन सामान्य नभई ‘महासंग्राम’ भएको बताइन्। उनले कार्यकर्ताहरूलाई आक्रामक रुपमा प्रस्तुत हुन निर्देशन दिँदै भनिन्, “अब सामान्य तरिकाले होइन, रणनीतिक रूपमा जनताको घरदैलोमा केन्द्रित हुनुस्। एमालेको पक्षमा जनलहर सिर्जना गरेर मात्र विश्राम लिनुपर्छ।”

कनोडिया अब ‘घरको मान्छे’
निर्वाचन परिचालन कमिटीका संयोजक नेत्रराज अधिकारीले कनोडिया एमाले प्रवेश गरेसँगै अब उनी ‘पाहुना नभई घरकै मान्छे’ भइसकेको बताए। उनले अब कुनै दुविधा नराखी एकढिक्का भएर सूर्य चिन्हमा मतदान गर्न र गराउन आम जनसमुदायलाई कडा अपिल गरे।

नेत्रराज अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त जोसिलो कार्यक्रममा सिबि गहतराजले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन जगत पौडेलले गरेका थिए। कार्यालय स्थापनासँगै एमाले क्षेत्र नं ३ मा थप आक्रामक रुपमा अगाडि बढ्ने सन्देश दिएको छ।

धेरै पढिएको

ताजा समाचार