नेपालगञ्जमा शीतलहरले जनजीवन प्रभावित (तस्वीरहरु)


 

बाँके । बाँकेको नेपालगञ्जमा आज कुहिरोसँगै शीतलहर पनि परेको छ । शीतलहरका कारण जनजीवनमा प्रभाव परेको छ । बिहानको समयमा तापक्रम सामान्यतया ११.१२ डिग्री सेल्सियससम्म घट्ने र कुहिरोका कारण दृश्यता सीमित रहने अवस्था वृद्धि भएको मौसम पूर्वानुमानले जनाएको छ ।

विशेषगरी साँझ बिहान सडकमा सवारी तथा दैनिक गतिविधि प्रभावित भएसँगै यात्री र सवारी साधन चालकहरूले कुहिरो र शीतलहरका कारण यात्रा गर्न कठिन भएको बताएका छन् ।

चिसो बढेसँगै धेरैले आवश्यक कामबाहेक घर बाहिर निस्कन छाडेका छन् । चिसो मौसमका कारण अस्पतालमा श्वासप्रश्वाससम्बन्धी बिरामीको आवतजावत बढेको तथा साना विद्यार्थी र वृद्धवृद्धहरूलाई थप सतर्क रहन आग्रह गरिएको छ ।

 

धेरै पढिएको

ताजा समाचार