वरिष्ठ कलाकार थापाको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ कलाकार सुनील थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

‘बलिउडमा समेत पहिचान भएका हाम्रा कलाकार सुनील थापाको निधनको खबर सुनेर अत्यन्त दुःखी छु ।’ सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले भने, ‘नेपाली सिनेमाको इतिहासमा उहाँको नाम अमर रहनेछ । भावपूर्ण श्रद्धाञ्जली सुनील थापा ! हामी सधैं सम्झिरहने छौँ ।’

थापाको आज बिहान हृदयाघातका कारण निधन भएको थियो ।

धेरै पढिएको

ताजा समाचार