नेकपा एमाले वडा कमिटीको विस्तारित बैठक र निर्वाचन परिचालन कमिटी कार्यालय उद्घाटन


नेकपा एमाले निर्वाचन परिचालन कमिटी द्वारा शिवराज १ मा वडा कमिटीको विस्तारित बैठक र निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन गरेको छ । कार्यक्रममा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य उमेदवार वीरेन्द्रकुमार कनौडियाले शिवराज नगरपालिका १ नम्बर वडा मात्र नभई समग्र क्षेत्रमा शिक्षा, स्वास्थ्य, सिचाई, भौतिक पूर्वाधार विकास निर्माणमा नेकपा एमालेको नेतृत्व र जनप्रतिनिधि सधै अब्बल सावित भएको बताउदै आफु पनि राष्ट्रिय स्वाधिनताको रक्षा र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प बोकेको राष्ट्रबादी शक्ति सङ्गै सहयात्रा गर्न एकतावद्ध भएको बताउदै देशको विद्यमान संकट निवारण, विकास र राष्ट्रिय स्वाधिनताको रक्षाका लागि नेकपा एमालेको उमेदवारले जित्नु र राष्ट्रवादी सरकारको अपरिहार्य आवश्यकता रहेकाले आफु त्यस अभियानको सीपाही मात्र रहेको र जिताउने जिम्मा राष्ट्रभक्त नेपाली नागरिकको हातमा रहेकाले सबै लागेर अभियान सफल पार्न आग्रह  गर्नु भयो ।

त्यस्तै निर्वाचन परिचालन कमिटीका संयोजक नेत्रराज अधिकारीले शिवराजमा नेकपा एमाले विकास निर्माण र जनजीवीकाको सवालमा जनतामाझ सधै रहेको बताउदै विरेन्द्रकुमार कनौडिया लाई यस क्षेत्रका नागरिकले अत्यधिक मतले विजयी बनाउनेमा आफू विश्वस्त रहेको बतउनु भयो ।।

धेरै पढिएको

ताजा समाचार