चन्द्रौटामा ईनिशा बिक हत्याको विरोधमा प्रदर्शन

कपिलवस्तु चैत्र २ गते
सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी ईनिशा बिकको घटनाप्रति आक्रोश व्यक्त गर्दै कपिलवस्तुको चन्द्रौटामा विरोध कार्यक्रम सम्पन्न गरिएको छ।
सिद्धार्थ सामाजिक विकास केन्द्रको अगुवाइमा यहाँका विभिन्न संघसंस्थाहरूको एकताबद्धमा आयोजना गरिएको उक्त कार्यक्रममा सहभागीहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका थिए।
कार्यक्रममा बोल्दै शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले घटनाका दोषीलाई अविलम्ब कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने बताएका छन्। उनले यस्ता जघन्य अपराध रोक्न राज्य संयन्त्र अझ संवेदनशील र सक्रिय हुनुपर्नेमा जोड दिए।
कर्यक्रममा महिला मानव अधिकार कर्मि मिना परियार लगाएत स्थानीय समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले महिला हिंसा र बलात्कारजस्ता अपराधविरुद्ध एकजुट भएर आवाज उठाउनुपर्ने सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक अजय चौधरीले बताएका छन्।

 

धेरै पढिएको

ताजा समाचार