श्रमिक महिला सशक्तिकरणका लागि शिवराजमा अभिमुखीकरण कार्यक्रम

कपिलवस्तु — श्रमिक महिला दिवसको अवसर पारेर श्रमिक महिलाहरूको अधिकार, सुरक्षा तथा कानुनी व्यवस्थाबारे जानकारी दिने उद्देश्यले शिवराजमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। शिवराज नगरपालिका को आयोजना तथा सिद्धार्थ सामाजिक विकास केन्द्र को सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो।

 

कार्यक्रमकी अध्यक्ष तथा नगर उपप्रमुख शिव कुमारी थारू ले श्रमिक महिलाहरूले भोग्दै आएका समस्या समाधान गर्न पालिकाले आवश्यक कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो। उहाँले उक्त कानुन लागू भएपछि शिवराजका महिला श्रमिकहरूले अहिले भोग्दै आएको विभेद, असुरक्षा र विभिन्न सास्तीबाट मुक्ति पाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा नेत्र बेलबासे, शिवराज नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष, यशोदा नेपाली, शिवराज नगरस्तरीय श्रमिक महिला सञ्जालकी अध्यक्ष, वडा प्रहरी कार्यालयका प्रमुख, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि तथा विभिन्न श्रमिक महिला समूहका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा अजय चौधरी, सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजकले श्रमिक महिलाहरूका कानुनी अधिकार, श्रमसम्बन्धी नीति तथा उपलब्ध सेवाबारे सहजीकरण गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख जीवा केसी ले गर्नुभएको थियो।

अभिमुखीकरण कार्यक्रममा सहभागी महिलाहरूले आफ्नो अधिकारबारे जानकारी प्राप्त गर्नुका साथै श्रमिक महिलाको सम्मान, सुरक्षा र सशक्तिकरणका विषयमा महत्वपूर्ण छलफल समेत गरेका थिए।

धेरै पढिएको

ताजा समाचार