आवर मदरल्याण्ड एकेडेमीको २०औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न ।

शिवराज नगरपालिका ५ चन्द्रौटामा अबस्थित आवर मदरल्याण्ड एकेडेमीको २०औँ वार्षिक उत्सव विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद अधिकारीको अध्यक्षतामा प्याबसन कपिलवस्तुका अध्यक्ष धिरेन्द्र विक्रम सिंह प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न हो ।

अध्यक्ष शरद अधिकारीले विद्यालयले २० वर्षको यात्रामा विभिन्न चुनौती पार गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा विद्यार्थीको सर्वाङ्गीण विकासमा अझ जोड दिने प्रतिबद्धता व्यक्त गरे। प्रमुख अतिथि धिरेन्द्र विक्रम सिंहले यस्ता वार्षिक उत्सवले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यालयको प्रगतिप्रति खुशी व्यक्त गरे।
उक्त अवसरमा विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, विभिन्न अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, नाटक लगायतका आकर्षक सांस्कृतिक प्रस्तुति मार्फत आफ्नो क्षमता प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पुर्व वडा अध्यक्ष अर्जुन पाण्डे, सरोज पौडेल, घनश्याम पौडेल,कमल खड्का, शिक्षक हेमराज शर्मा, राम प्रसाद पौडेल लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्ने बत्ताहरुले विद्यालयले अहिले सम्म हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्न शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रम बिधालयका अध्यक्ष सरद अधिकारीको अध्यक्षतामा प्याबसन कपिलवस्तुका अध्यक्ष धिरेन्द्र विक्रम सिंह प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

धेरै पढिएको

ताजा समाचार