पौडेल वंश महासंघ लुम्बिनी प्रदेश समितिको बैठक चन्द्रौटामा


कपिलवस्तु – 
“पौडेल थर सबैको साझा घर” भन्ने नाराका साथ पौडेल वंश महासंघ लुम्बिनी प्रदेश समितिको तेस्रो पूर्ण बैठक शिवराज ५ चन्द्रौटामा सम्पन्न भएको छ। महासंघका लुम्बिनी प्रदेश समिति अध्यक्ष टेकराज पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले महासंघ प्रदेश समितिको कार्यालय चन्द्रौटामा सञ्चालन गरी उद्घाटन गर्ने निर्णय गरेको छ।

महासंघका केन्द्रिय समिति सदस्य तथा प्युठान जिल्लाका अध्यक्ष रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा प्रदेश समितिका पदाधिकारीहरू तथा विभिन्न जिल्लाका अध्यक्ष र पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

बैठकले पौडेलहरूको वंशावली तयार पार्ने र वंशावली पुस्तक प्रकाशनका लागि सहयोगार्थ खेलिएको देउसी९भैलो कार्यक्रमको समीक्षासमेत गरेको छ।
बैठकले पौडेल समुदायको एकता र संस्कृति जोगाउनका लागि थप पहल गर्ने निर्णय पनि गरेको छ।

धेरै पढिएको

ताजा समाचार