चन्द्रौटा -थारू संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि कपिलवस्तुको शिवराज नगरपालिकामा माघी (खिचडी) महोत्सव २०८१ माघ १, २ र ३ गते शिवराज नगरपालिका-१, उमरिको खेल मैदानमा आयोजना हुन लागेको हो । थारू कल्याणकारी सभा, शिवराज नगर कार्य समिति, र थारु संग्राहलय संरक्षण समितिको संयुक्त आयोजनामा हुने महोत्सवले थारू समुदायका परम्परा, संस्कृति र खानपिनलाई उजागर गर्ने उद्देश्य राखेको थारु कल्याणकारी सभा शिवराज नगर सभापति प्रकाश चौधरीले जानकारी दिनु भयो ।
महोत्सवमा थारू परिकार, सांस्कृतिक झाँकी, नृत्य र लोकगीतका साथ विविध कार्यक्रम प्रस्तुत गरिनेछ।
कार्यक्रममा २०० जनाको सामुहिक नित्य संगै थारू समुदायका कलाकारहरूको प्रस्तुति मुख्य आकर्षण रहनेछ। साथै, थारू संस्कृति र परम्पराको जगेर्ना गर्ने मुख्य उदेश्य राखेको सभापति चौधरीले बताउनु भयो ।
महोत्सवले थारू संस्कृतिलाई अझै बढी पहिचान र सम्मान दिलाउने अपेक्षा गरिएको छ।









