सुकुम्बासी समस्या बुझ्न आयोग अध्यक्ष रिजालसहितको टिम शिवराजमा


 

कपिलवस्तु – कपिलवस्तुमा सुकुम्बासी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले सुकुम्बासी समुदायका समस्या प्रत्यक्ष रूपमा बुझ्न विशेष भेटघाट गर्नुभएको छ। शिवराजमा  अध्यक्ष रिजालसहित आयोगका केन्द्रीय सदस्यहरू र विज्ञ सदस्यहरूको टोलीले सुकुम्बासी समुदायसँग छलफल गरी समस्या समाधानका उपायहरूबारे सुझाव संकलन गरेका थिए।

नेकपा एमाले लुम्बिनी प्रदेशका सदस्य नेत्रराज अधिकारी, एमाले शिवराजका अध्यक्ष महादेव पोखरेल, र सुकुम्बासी समुदायका प्रतिनिधिहरूले कार्यक्रममा विशेष उपस्थिति जनाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हरि रिजालले  सुकुम्बासी समस्या दीर्घकालीन र संवेदनशील विषय रहेको बताउनु भयो । यसलाई कानूनी र व्यावहारिक उपायहरूमार्फत न्यायोचित समाधान गर्न हामी प्रतिबद्ध रहेको  बताउनु भयो ।

एमाले लुम्बिनी प्रदेश सदस्य नेत्रराज अधिकारीले आफ्नो धारणा राख्दै सुकुम्बासी समुदायको समस्या समाधानका लागि सबै तहका सरकार, राजनीतिक दल, र आयोगको समन्वय आवश्यक रहेको बताउनु भयो ।

भेट वार्यामा एमाले शिवराज अध्यक्ष महादेव पोखरेलले सुकुम्बासी समुदायको अधिकार सुरक्षित गर्न एमाले सदैव अग्रसर रहेको भन्दै एमाले सरकार  भएको समयमा भुमिहिन समस्या  समाधान  हुनु पर्ने बताउनु भयो।

 

 

धेरै पढिएको

ताजा समाचार