चन्द्रौटा महोत्सवको उद्घाटन मन्त्री अधिकारीले गर्ने


कपिलवस्तु – कपिलवस्तुको चन्द्रौटा बजारमा आयोजना हुने नवौं चन्द्रौटा महोत्सव २०८१ माघ ९ गतेदेखि माघ २० गतेसम्म सञ्चालन हुनेछ। महोत्सवको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलाराम अधिकारीले गर्नुहुने भएको छ ।

महोत्सवले स्थानीय कला, संस्कृति, परम्परा, र व्यापार प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। यस महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू, स्थानीय उत्पादनहरूको प्रदर्शनी, तथा मनोरञ्जनात्मक गतिविधिहरू समावेश हुने गरि महोत्सवको महोत्सव संयोजक महादेब पोखरेल बताउनु भयो।

महोत्सव आयोजक समितिका अनुसार यो कार्यक्रमले चन्द्रौटाको पर्यटन र आर्थिक क्षेत्रको प्रबर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, यसले स्थानीय कलाकार र व्यवसायीलाई आफ्नो प्रतिभा तथा उत्पादन प्रस्तुत गर्न विशेष अवसर प्रदान गर्नेछ।

कार्यक्रमका प्रमुख आकर्षणमा सांस्कृतिक नृत्य, लाइभ कन्सर्ट, राष्ट्रिय कलाकारहरूको प्रस्तुति, स्थानीय उत्पादन प्रदर्शनी, तथा मनोरञ्जनात्मक मेलाहरू हुनेछन्। यस महोत्सवमा कपिलवस्तुका साथै छिमेकी जिल्लाहरूबाट समेत ठूलो संख्यामा दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ।

महोत्सवले क्षेत्रीय विकासमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

धेरै पढिएको

ताजा समाचार