भारत-पाकिस्तान तनावबारे अमेरिकाले भन्यो- हामी निगरानी गरिरहेका छौं

२४ वैशाख, काठमाडौं ।

भारत र पाकिस्तानबीचको स्थितिबारे अमेरिकी विदेशमन्त्री मार्को रुबियोले प्रतिक्रिया जनाएका छन् । भारतको आक्रमणप्रति प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘हामी यस स्थितिमाथि निगरानी गरिरहेका छौं।’

रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘म भारत र पाकिस्तानबीचको अवस्थालाई गम्भीरतापूर्वक हेरिरहेको छु।’

उनले अगाडि थपेका छन्, ‘म राष्ट्रपति डोनाल्ड ट्रम्पको यो तनाव चाँडै अन्त्य होस् र भारत तथा पाकिस्तान दुवै मुलुकका नेतृत्वसँग वार्तामार्फत् शान्तिपूर्ण समाधान खोज्ने प्रयास जारी रहनेछ भन्ने टिप्पणीसँग सहमत छु ।’

बीबीसीका अनुसार पाकिस्तानले दिएको जानकारी अनुसार भारतीय हवाई हमलामा परी २ बालबालिकासहित ७ जनाको ज्यान गएको छ ।

धेरै पढिएको

ताजा समाचार