जेठ ०८ गते कपिलवस्तु
कपिलवस्तुको समयथान मा.वि.मा टिफिन बक्स वितरण गरिएको छ । गरिव, विपन्न, अभिभवक गुमाएका बालबालिकाहरुलाई २५ थान टिफिन बक्स वितरण गरिएको हो । टिपिन बक्स वितरण गर्दै बालबालिकाहरुलाई बाहिरको खाद्य बस्तु अवज्ञा गर्दै आफ्नै घरकै खाद्यबस्तु खानुपर्ने शिवराज नगर प्रमुख अजय थापाले बताउनुभयो । साथै बालबालिकाहरुलाई अभिभावकले दिने समय महत्वपुर्ण हुने भएकोले अनिवार्य समय दिनुपर्ने नगर प्रमुख थापाले जोड दिनुभयो ।
सिद्धार्थ सामाजिक विकास केन्द्र र एक्सन एण्ड नेपालको साझेदारीमा संचालित स्थानिय अधिकार कार्यक्रमबाट १५ वटा विद्यलायका २३० बालबालिकाहरुलाई पोषणयुक्त खानपानका लागि सहयोग गरेको कार्यक्रम संयोजक अजय चौधरीले बताउनु भयो । गिफ्ट फन्डबाट विगतमा अन्य र्कार्यक्रम गरेता पनि यस वर्ष स्च्छ तथा सफा खानपानका लागि बालबालिकाहरुलाई टिफिन बक्स वितरण गरिएको कार्यक्रम अधिकृत ममता मिश्राले बताउनुभयो ।










