अभिभावक शिक्षा कार्यक्रम समपन्न

जेठ ११ गते/ कपिलवस्तु
अभिभावक शिक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम समपन्न भएको छ । शिवराज नगरपालिका वडा नं. ११ मा सामाजिक विकास केन्द्र को आयोनामा र एक्सन एड नेपालको आर्थिक सहयोगमा सम्पन्न भएको हो । ज्ञानोदय आधारभूत विद्यालय सेमरीमा अभिभावकहरुलाई बालबालिकाहरुको विकासका लागि विविध विषयमा छलफल गरिएको हो ।


स्थानीय अधिकार कार्यक्रम अन्तर्गतका १६ वटा विद्यालयमा कार्यक्रम संचालनमा रहेको कार्यक्रम संयोजक अजय चौधरीले बताउनुभयो । अभिमुखिकरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र कुर्मीको अध्यक्षता, ज्ञानोदय आधारभूत विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी घिमिरेको प्रमुख अतिथ्यता र करिव ८० भन्दा बढी अभिभावकहरूको सहभागिता रहेको थियो । कार्यक्रम स्थानीय अधिकार कार्यक्रमका कार्यक्रम संयोजक अजय चौधरीले सहजीकरण गर्नुभएको थियो भने सामाजिक परिचालक सविता अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

धेरै पढिएको

ताजा समाचार