सुरहि वनद्धारा ४२ जना विपन्न बालबालिकालाई शैक्षिक सामाग्रि सहयोग

जेठ १४ गते । कपिलवस्तु

शिवराज नगरपालिका वडा नम्बर १ मा रहेको एकीकृत सुरही सामुदायिक वन उपभोक्ता समितिले शुक्रबार अति विपन्न परिवारका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। एक कार्यक्रम बीच ज्ञानज्योति आधारभूत विद्यालय ४२ जना शैक्षिक सामग्री झोला कपी र पेन्सिल वितरण गरेको हो। उक्त कार्यक्रममा प्रमुख अतिथि एकीकृत सुरहि वनका अध्यक्ष फानेश्वर न्यौपानेले आफूहरूले गरेको यो सानो सहयोगले ती विपन्न परिवारका बालबालिकाहरूको शैक्षिक भविष्यको लागि केही भएपनि राहत होस भन्ने हेतुले यस्तो कार्य गरेको बताउनुभयो। र अरु आगामी दिनमा यो कार्यलाई बढाउँदै जाने बताउनुभयो।

कार्यक्रम विद्यालय व्यवस्थापन का अध्यक्ष पुष्पराज अधिकारीको अध्यक्षता एकीकृत सुरही सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष थानेश्वर न्यौपानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अतिथिहरू धनबहादुर केसी कौशलराज न्यौपाने लगायत सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी विद्यालय व्यवस्थापन समितिका पदाधिकारी शिक्षक शिक्षिका अभिभावक लगायत विभिन्न संघसंस्थाको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन रविन्द्र बुढाथोकीले गर्नुभएको वनका कार्यालय सचिव युवराज गिरीले जानकारी दिनुभयो।

धेरै पढिएको

ताजा समाचार