साउन ११ । कपिलवस्तु,
शिवराज नगरपालिका खरेन्द्रपुरमा उच्च जखिममा रहेका २३४ जना बालबिलकाहरूलार्इ झोला तथा शैक्षिक सामग्री वितरण गरिएको छ । शिवराज नगरपालिकाको वडा नम्बर ४, १० र ११ अन्तर्गतका १६ वटा विद्यालयमा अध्ययनरत २३४ जना विद्यार्थीलाई झोला, विद्यालय पोशाक, कापी, कलम, चित्र कापी पानी पिउने बोतल लगायतका सामग्री प्रदान गरिएको हो।
समाजमा छोरीहरुलाई छिटो विवाहा गरिदिने भएकोले शिक्षा क्षेत्रबाट बन्चित हुने भएको भन्दै सबै छोरीहरुलाई विद्यालय पढन पठाउनुपर्ने अन्यथा पालिका र वडा कार्यालयबाट सेवा, सुविधा रोक लगाउने कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख अजय थापाले चेतावनी दिए । जोखिममा रहेका बालबालिकालाई सहयोग पुर्याउनु सराहनीय कार्य भएको भन्दै नगरपालिकाले पनि शिक्षा क्षेत्रमा निरन्तर साथ दिने नगरप्रमुख थापाले प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमकी अध्यक्ष सुर्य कुमारी शाहीले शिक्षा सबैको अधिकार भएको बताउँदै यस्ता सहयोगात्मक प्रयासले विद्यार्थीमा आत्मबल बढाउने विश्वास व्यक्त गरिन्।
बालबालिकाहरूको शैक्षिक अवस्था सुधार गर्ने र उनीहरूलाई आर्थिक अभावका कारण विद्यालय जानबाट वञ्चित हुन नदिने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम कार्यक्रम संयोजक अजय चौधरीले बताए ।
सिद्धार्थ सामाजिक विकास केन्द्र र एक्सनएड नेपालको संयुक्त साझेदारीमा संचालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत जोखिममा रहेका बालबालिकाहरूलाई लक्षित गरी झोला तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष नसिम अहमद खा, वडा नम्बर १० का वडा अध्यक्ष मन्जु मिश्रा , वडा नं. ११ का वडा सदस्य कन्थराम यादव , १६ वटै विद्यालयका शिक्षक शिक्षिका लगाएत्को सहभागीता रहेको थियो भने सन्जिव गहतराजको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।











