शिवराज नगरपालिका वडा न५ मा रहेको सहज सहकारिको साधारण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिती शिवराज नगरपालिका सहकारी बिभाह प्रमुख लक्षमी कडेलले सहकारीको संख्या बढी भन्दा पनि ब्यबस्थिर हुनु पर्नेमा जोड दिनुभएको छ । सहकारी सस्थाले बचत जम्मा गर्ने र ऋण लगानी गरेर मात्र गरेर नहुने बताउदै उत्पादनशिल छेत्रमा लगानी गर्ने र जनताको गाँस बास कपासलाई जोड्नु पर्ने बताउनुभयो । त्यस्तै शिवराज सहकारी संजालकाका अध्यक्ष तथा सहज नेपालका अध्यक्ष सरद अधिकारिले सहकारीले जनताको जिवन स्तर सुधार गर्नुपर्ने बताउनु भयो।
कार्यक्रममा बोल्ने अधिकाम्स बक्ताले सहकारीले आम नागरिकलाई समेट्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा 7 सय बढीको सहभागिता रहेको थियो । सस्थाका अध्यक्ष तुल्सी बुढाथोकीले अध्यक्षको प्रतिबेदन बाचन गर्दै आगामी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो। त्यस्तै सस्थाका कोषाध्यक्ष ले आय ब्याय प्रस्तुत गर्नु भएकोमा थियो।
कार्यक्रम तुल्सा बुढाथोकीको अध्यक्षतामा शिवराज नगरपालिका सहकारी बिभाग प्रमुख लक्षमि कडेललको प्रमुख आथित्यतामा
कार्यक्रमको संचालन सस्थाका कर्मचारी कल्लु थारुले गर्नु भएको थियो ।









