ओली पक्राउ विरुद्ध बाणगंगा ४ नं. चोकमा एमाले जनसंगठनको प्रदर्शन सम्पन्न ।

कपिलवस्तु

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट जनसंगठनहरूले पार्टी अध्यक्ष के.पी. शर्मा ओलीको पक्राउविरुद्ध आज कपिलवस्तुको बाणगंगा–४ नं. चोकमा विरोध प्रदर्शन गरेका छन्।

एमालेले ओलीको पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै केन्द्रीय सचिवालयको निर्णयअनुसार देशभर सञ्चालन गरिएको विरोध कार्यक्रम अन्तर्गत कपिलवस्तुमा पनि प्रदर्शन गरिएको हो। शनिबार साँझ आयोजित कार्यक्रममा जनसंगठनका नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेख्य सहभागिता रहेको जिल्ला कमिटि सचिव सि.वि गहतराजले बताइएका छन ।

प्रदर्शनमा सहभागीहरूले ओलीमाथि गरिएको कारबाहीलाई लोकतान्त्रिक अभ्यास माथिको हस्तक्षेप, राजनीतिक असहिष्णुता र प्रतिशोधपूर्ण कदमको संज्ञा दिएका थिए। उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै पक्राउको विरोध जनाएका थिए।

एमाले निकट जनसंगठनहरूले उक्त प्रदर्शनलाई अन्याय विरुद्धको प्रतिवाद भएको बताएका छन्। पार्टीले ओली माथिको कारबाही फिर्ता लिन, राजनीतिक प्रतिशोध बन्द गर्न र लोकतान्त्रिक अधिकारको सम्मान गर्न सरकारसँग माग गरेको छ।

 

धेरै पढिएको

ताजा समाचार