स्वर्गीय सुमित्रादेवी पौडेलप्रति श्रद्धाञ्जली सभा सम्पन्न

कपिलवस्तु । सामुदायिक रेडियो भ्वाईसका शेयर सदस्य तथा पूर्व अध्यक्ष जगत पौडेल, स्टेशन म्यानेजर गीता पौडेल, पूर्व कर्मचारी टिकराज पौडेल तथा सुभेच्छुक ज्योति पौडेलकी ममतामयी माता स्वर्गीय सुमित्रादेवी पौडेलको यही मिति २०८३ वैशाख १८ गते भएको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरिएको छ ।

शिवराज नगरपालिका–५, चन्द्रौटामा आयोजित उक्त कार्यक्रममा सामुदायिक रेडियो भ्वाईस परिवार, विभिन्न संघसंस्था, पत्रकार तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वर्गीय पौडेलप्रति श्रद्धासुमन अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरिएको थियो ।

रेडियोका अध्यक्ष बल बहादुर वि.क.को नेतृत्वमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा स्वर्गिय सुमित्रादेवी पौडेलको योगदान, सरल स्वभाव तथा परिवारप्रतिको समर्पणको स्मरण गरिएको थियो । साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो ।

धेरै पढिएको

ताजा समाचार