काठमाडौं – काठमाडौंमा नक्सापास नगरी अवैध रुपमा बनाइएका संरचनामा महानगरपालिकाले डोजर चलाएको छ ।बुधबार बिहान मेयर बालेन्द्र शाह (बालेन), काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहित काठमाडौं मल पुगेका छन् ।
प्रहरीले संचरना भत्काउनु अगाडि पसल खाली गराएको थियो । पछिल्लो समय काठमाडौं महानगरपालिकले नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको स्थानमा त्यस्ता संरचना धमाधम भत्काइरहेको छ ।