
कपिलवस्तु –
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ५ ले चालु आर्थिक बार्षका शत प्रतिशत योजना सम्पन्न गरेको छ । वडा अध्यक्ष बेल्वासेले कार्यकालको पहिलो वर्षमा उत्कृष्ट काम गरेको पाइएको छ । वडाले चालु आर्थिक वर्षमा गत बर्षभन्दा ४ लाख ५० हजार बढि राजश्व संकलन गरेको वडा अध्यक्ष नेत्र बेल्वासेले बताउनुभयो ।
वडा भित्र टोल समिति गठन गरी हरेक टोलका समस्या र टोल सुधारको लागि वडाले उक्त समितिलाई सहयोग गरी विकास गर्दै आएको बताउनुभयो ।
वडाको कार्यकक्षमा स्तनपान कक्ष स्थापना, वडा भित्र सडक बत्ती जडान, वडा भित्रका ज्येष्ठ नागरिकहरूलाई घरघरमा पुगेर स्वास्थ्य सेवा दिइएको छ ।
स्वंम सेविका तथा जेष्ठ नागरीकलाइ सम्मान, आधारभुत अस्पताल व्यवस्थापन, कृषि औजार वितरण लगायत काम सम्पन्न भएको उहाले बताउनुभयो ।
चालु आर्थिक वर्षमा वडाको ७०० मिटर सडक कालोपत्रे, ६०० मिटर सिसिसि ढलान, नालि निमार्ण, मन्दिर निर्माण,सामुदायिक भवन निमार्ण लगायतका योजना सम्पन्न भएका छन ।
निःशुल्क आँखा जाँच, एडभान्स सिलाइ कटाइ तालिम जस्ता वडा भित्र परेका सघं, प्रदेश, तथा नगर र वडाका शत प्रतिशत योजना सम्पन्न भएको वडा अध्यक्ष बेल्वासेको भनाइ छ । उहाले जनता सँग गरेका प्रतिविद्धतालाई क्रमशः पुरा गरिरहेको बताउँदै समृद्ध वडाको लागि सबैको साथ आवश्यक रहने बताउनुभयो ।