वन डढेलाे व्यवस्थापन सचेतना सप्ताह कार्यक्रम

गिता पौडेल ,कपिलवस्तु-वन डढेलाे व्यवस्थापन सचेतना सप्ताह २०८० अन्तरगत आज शिवराज नगरपालिका वडा न.१ मा अन्तरक्रिया कार्यक्रम सप्पन्न भयको छ । वनलाई आगलागी हुनबाट बचाऔं वन डढेलाे नियन्त्रण गरौं,सभ्य नागरिकको परिचय दिऔं भन्ने मुल नाराका साथ बन डढेलाे सचेतना समारोह मनाईयको हो ।डिभिजन बन कार्यलय कपिलवस्तु गौतमबुद्धको आयोजनामा यश छेत्रमा रहेका साझेदारी तथा सामुदायिक बन,सुरक्षा निकाय लगायत संचार सस्थाको सहभागीतामा कार्यक्रम सप्पन्न भयको थियो । कार्यक्रममा बनलाई आगलागीबाट कसरी जोगाउने भन्ने बारेमा छलफल भयको थियो ।

कार्यक्रममा डिभिजन बन कार्यलाई कपिलवस्तु गौतमबुद्धका प्रमुख Dfo ले मानवले आफ्नो अस्तित्व जोगाउन बन जोगाउनु आवश्यक रहेको बताउदै सबैले सहकार्य गर्न अनुरोध गर्नु भयको छ ।

उहाँले बन हाम्रो साझा सम्पत्ति हो । बन जोगाउन सबै निकायले पहल गरौं र सूचना सम्प्रेषण गर्न बढी सक्रिय बनौं । त्यस्तै शिवराज साझेदारी बनका अध्यक्ष हरि पोखरेल सवै तहसंग सहकार्य समन्वय गरेर अगाडी बढन जरुरी छ भब्दै यक आपसमा कोडिनेशन नहुदा आगलागि हुने गरेको बताउनु भयो । अध्यक्ष पोखरेलले बन नजिक बसोबास गर्न बस्तिलाई बढी सचेत गर्न पर्ने बताउनु भयो ।

रहतावल सामुदायिक बनका अध्यक्ष यज्ञ बेल्बासेले आगलागी गर्ने जो कोहिलाई पनि कानुनी कार्बाहीको दायरामा ल्याउनु पर्ने बताउनु भयो । सन्चार कर्मि राजु खरालले सन्चारको माध्यम प्रचार प्रसार गर्न जोड दिनु पर्नी बताउनु भयो ।

कपिलवस्तु साझेदारी बनका अध्यक्ष गङेस तिवारीले सबै तहले बन डढेलो नियन्त्रण गर्न प्रतिबद्धता गरौं । वडा प्रहरी कार्यालयका प्रमुख गिता प्रसाद चौधरीले सुरक्षा कर्मीलेले यस्ता कार्य नियन्त्रण गर्न सधै तत्पर रहेको बताउनु भयो । कार्यक्रम कल्याण साप्कोटाको सन्चालनमा डिभिजन बन कपिलवस्तु गौतमबुद्धका प्रमुख Dfo को अध्यक्षतामा सम्पन्न भयको थियो ।

धेरै पढिएको

ताजा समाचार