नेकपा (एमाले) शिवराजद्धारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।


हिन्दुहरुका महान पर्वहरु विजया दशमी, शुभ दीपावली, छठ एवम् नहान पर्वको अवसरमा नेकपा (एमाले) शिवराज नगर कमिटीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शुभकामना आदानप्रदान कार्यक्रमका वक्ताहरूले देशवासीहरूमा सुख शान्ति, समृद्धि एवम् अमनचयन कायम गर्दै सामाजिक सद्भाव एवम् राष्ट्रिय एकता कायम गर्न यस्ता चाडबाडले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रम नेकपा एमाले पार्टी केन्द्रिय कमिटी सदस्य कमरेड गिरधारीलाल न्यौपानेकाे प्रमुख आथित्यता , नेकपा एमाले केन्द्रीय सदस्य कमरेड शिवकुमारी थारूकाे विशिष्ट आथित्यता , प्रदेश कमिटी सचिवालय सदस्य डम्मर शर्मा , प्रदेश कमिटी सदस्य कमरेड अर्जुनकुमार केसी, प्रदेश कमिटी सदस्य तथा शिवराज ईन्चार्ज लंका बहादुर हमाल, जिल्ला कमिटी अध्यक्ष बाबुराम खनाल , जिल्ला सचिव सिबी गहतराज, एमाले नेत्री मिना परियार, जिल्ला कमिटी सदस्यहरु बाबुराम सापकोटा , जगत पौडेल , खिमबिक्रम केसी, हिम केसी, लक्ष्मी हमाल , शुसिला खनाल लगायतको आतिथ्यता एवम् प्रदेश बिभाग , जिल्ला बिभाग , नगर कमिटी तथा बिभाग , वडा कमिटीका अध्यक्ष तथा सदस्यहरु एवम् शुभेच्छुक लगायतका कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रम नेकपा एमाले शिवराज नगर कमिटी अध्यक्ष कमरेड महादेव पोखरेलको अध्यक्षता , नगर कमिटी उपाध्यक्ष कमरेड टेकलाल सापकोटाको स्वागत र नगर कमिटी सचिव कमरेड गोपाल बन्जाडेको सन्चालनमा सम्पन्न भएको हो ।

धेरै पढिएको

ताजा समाचार