
गीता पौडेल,फागुन २४गते
शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारुले एक कार्यक्रममा हरेक बिद्यालयम उजुरी पेटीका राख्नु पर्ने र त्यो उजुरी पेटीका हरेक १५ दिनमा अनिवार्य खोल्नु पर्ने बताउनु भएको छ । शिवराज नगरपालिकमा गठित बालिका तथा समावेशि शिक्षा संजालको क्षमता अभिबृद्धीका लागि कार्यशालाको समापन सत्रलाई संबोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । समापन सत्रलाई संबोधन गर्दै उप प्रमुख चौधरीले कतिपय बिद्यालयमा उजुरीपेटीका राखे पनि शिक्षकले नै उजुर राख्न नदिएको गुनासो बिद्यार्थीबाट आएकाले प्रत्येक बिद्यालयमा उजुरी पेटीका राख्नु पर्ने र हरेक १५ दिनमा पेटीका खोलेर गुनासो हेरी कार्यान्यन गर्नु पर्ने निर्देशन दिनु भयो । उप प्रमुख चौधरीले बिद्यालयमा उजुरी गर्ने वातावरण नमिले नगरपािलकामा समेत उजुरी गर्न सकिने बताउनु भयो । बिद्यालयमा शिक्षकबाट नै दुब्र्यबहारमा परेका घटना आउने गर्दछन सहि तरीकाले उजुरी पेटीका कार्यान्वयन गरेमा कतिपय समस्या त्यहिबाटै समाधान हुने समेत बताउनु भयो ।
त्यस्तै सहभागिबाट १ किशोरी र १ किशोरले मनतब्य राख्दै बिद्यालयमा धेरै समस्या भएको बताउँदै अब आफुहरुले पनि समाधानका लागि प्रधानाध्यापक तथा बिद्यालय ब्यबस्थापन समितिलाई समेत गुनासो पेटीका र यस्को प्रभावको बारेमा जानकारी गराउने बताएका थिए ।
यहि फागुन २३ र२४ गते शिवराज नगरपालिकामा गठित बालिका तथा समावेसि शिक्षा संजालको काम कर्तब्य अधिकारका बारेमा जानकारी गराउने उद्धेश्यले तालिम संचालन गरिएको हो । तालिमको पहिलो दिन संजालको कामहरु के के हुन सक्छ । शिक्षामा समावेसि र गुणस्तर ल्याउन संजालले स्थानिय सरकार र बिद्याल बिच कसरी समन्वयकारी भुमिका निर्वाह गर्ने जस्ता बिषयमा छलफल थियो । त्यस्तै तालिमको दोस्रो दिन बिद्यालयका प्र.अ., किशोर किशोरी, ब्यबस्थापन समिति, संजाल, शिक्षक, प्रहरी लगायतको सहभागितामा बिद्यालय भित्र बालिका तथा किशोर किशोरीले भोग्नु परेका समस्या, उजुरी पेटीकाको प्रयोग र यस्को प्रभाव, बालिकाले महिनावारीको समयमा भोग्नु परेका समस्या लगायतका बिषयलाई समेटेर शिक्षा शाखा प्रमुखा पुर्ण बिश्वकर्माले सहजिकरण गर्नु भएको थियो । शिक्षा शाखा प्रमुख बिश्वकर्माले उजुरी पेटीकाको प्रभावकारीता र प्रत्येक बिद्यालयमा बालिका तथा समावेशि शिक्षा समिति गठन गरेर अंगाडी बढ्नु पर्ने बताउँदै ग्रुप छलफल गराई नमुना समिति समेत गठन गराउनु भएको थियो ।
त्यस्तै सुरक्षा तथा न्याय कार्यक्रमका मिल कोडीनेटर यादब भुषालले बिद्यालयमा बालिका सुरक्षा र न्याय कसरी गर्न सकिन्छ भन्ने बारे सहजीकरण गर्नु भएको थियो । त्यस्तै कार्यक्रम अधिकृत साबित्री चौधरीले बिद्यालय भित्र बालिका माथि गरिने साना साना ब्यबहारले पनि बालिका सकरातक वा नकरात्मक प्रभाव पर्न सक्ने बताउँदै उस्लाई बिद्यालयमा शिक्षक तथा अन्य साथिहरुले बिद्यालयमा गरिने बिभेदको कारण पनि बिद्यालय छोड्ने क्रम बढ्ने लगायतका बिषयमा सहजीकरण गर्नु भएको थियो ।
त्यस्तै वडा प्रहरी कार्यालयका प्रमख प्रहरी निरीक्षकले बिद्यालय तथा समुदायमा बालिका अहिले पछिल्लो समय कस्ता कस्ता प्रकारका हिंसामा परेका छन त्यस्लाई कम गर्न प्रहरी तथा शिक्षक र अभिभावको भुमिका चनाखो हुनु पर्ने बताउँदै प्रत्येक बिद्यालयमा उजुरी पेटीका राख्नु पर्ने र त्यस्को कार्यान्वय गर्नु पर्नेमा जोड् दिनु भयो ।
सिद्धार्थ सामाजिक विकास केन्द्रको आर्थिक सहयोगमा संचालित तालिममा विद्यालयका प्र.अ., बिद्यालय ब्यबस्थापन समिति, अभिभावक संघ, सुरक्षा निकाय, किशोर शिकोरी, पत्रकार, शिवराज नगरपािलका प्रमुख प्रशासकिय अधिकृत, जनप्रतिनिधि लगायतको सहभागितामा सुरक्षा तथा न्याय कोडिनेटर पोम पौडेलले संचालन गर्नु भएको थियो ।