उद्योगधन्दामा काम गर्ने श्रमिक महिलाले अहिले पनि समान कामको समान ज्याला पाउन सकेका छैन्न : शिवराज उप प्रमुख चौधरी


फाल्गुन २४/ कपिलवस्तु

११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवश भब्यताका साथ सम्पन्न भएको छ । शिवराज नगरपालिकाको आयोजनामा सो दिवश सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति शिवराज नगरपालिका उप प्रमुख शिव कुमारी थारुले श्रमिक महिलाले अहिले पनि समान कामको समान ज्याला पाउन सकेका छैन्न । सरकारी सेवामा प्रबेश गरेका महिला बाहेक अन्य प्राइभेट संघसंस्थाहरुमा अझै पनि समान ज्याला पाउन नसक्नु दुखद रहेको बताउँदै शिवराज नगरपालिकाले कतिपय ठाँउमा अनुगमन समेत गरेको उललेख गर्नु भयो । उहाँले भन्नु भयो जिम्मेवारी पाएको ठाँउमा पुरुषले भन्दा पनि अझ प्रभावकारी ढंगले महिलाले काम गरेको समेत उल्लेख गर्नु भयो । समान कामको समाज ज्यालाका लागि नगरपालिकाले पहल गरेको बताउँनु भयो ।

त्यस्तै शिवराज न.पा.वडा न.५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेले महिला शसक्तिकरणका लागि घरै देखि सकरात्मक पहल हुनु पर्ने बताउनु भयो । अध्यक्ष बेल्बासेले वडाले महिलालाई स्वरोजगार बनाउन उद्यमशिल हुने कार्यक्रम तय गर्न सुरुवात गरेको बताउनु भयो । वडा भित्र समान कामको समान ज्यालाका लागि पहल गरेको बताउनु भयो ।

तयस्तै कार्यक्रममा लामो समयदेखि संचार क्षेत्रमा काम गर्दै आउनु भएका रेडियो भ्वाइसका संस्थापक अध्यक्ष तथा स्टेशन प्रमुख निशा बिश्वकर्माले घर देखि काम गर्र्ने ठाउँ सम्मको भुमिका महत्वपुर्ण रहेको बताउँदै महिलाहरुले आफनो मानसिक स्वास्थमा समेत ख्याल गर्नु पर्ने बताउनु भयो । श्रम गर्दै अरुको चित्त बुझाउँदा बुझाउँदै आफनो स्वास्य बिग्रीएको समेत पत्तो नपाएको भन्दै मानसिक अवस्थामा सचेत रहनु पर्ने बताउनु भयो ।

कार्यक्रममा मानब अधिकार प्रतिस्ठानका अध्यक्ष बिष्णु खतिवडा,ब्यापारसंघ कपिलबस्तुका अध्यक्ष महादेव पोखरेल,शुसिला खनाल,प्रेमकला पौडेल लगायतले मनतब्य र।ाखेका थिए ।

कार्यक्रम शिवराज नगरपालिका उप प्रमख शिव कुमारी चौधरीको प्रमुख आथित्यतामा अधिबक्ता इन्दिरा अर्यालको प्रशिक्षणमा शाखा प्रमख शारदा गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रम जिवा केसिले गर्नु भएको थियो ।

कार्यक्रममा अधिबक्ता इन्दिरा अर्यालले बिहान उठे देखि राति सुत्नेबेला सम्म महिलाहरुलाई थाक्ने छुट नभएको बताउनु भयो । घरपरीवार सबैजनालाई खानपान देखि श्रीमानको स्वास्थ्य अवस्था,सासु ससुराको औषधी र बालबच्चाको शिक्षा दिक्षा ख्याल गर्ने एक महिला उनि बिरामी हुँदा पानि समेत कसैले नसोध्ने तितो यर्थात बताउनु भयो ।

हात खुटट बलियो हुँदा सम्म सबैको स्याहार सुसार गर्ने तिनै महिला सुत्केरी हुँदा वा कुनै खाल्को सल्याक्रिया अर्थात काम गरेर अरुको चित्त बुझाउन नसक्ने अवस्थामा माइत जान अनुरोध गर्ने घर परीवार वा समाजमा छौं अझै हामि यसैबाट थाहा हुन्छ हाम्रो अवस्था काहाँ छ भनेर ।

त्यसैले हाम्रो अबस्था बदल्न हरेक घरका छोरी शिक्षित र आफनो खुटटमा उभिन सक्ने बनाउनु हो । अन्य कुरा जे जस्तो भए पनि महिला स्वरोजगार हुन सके केहि न केहि रुपमा उस्लाई सहज भने पक्कै हुन्छ ।

धेरै पढिएको

ताजा समाचार